• होमपेज
  • थप ८ हजार ८५० जनामा कोरोना पुष्टि
Breaking News

थप ८ हजार ८५० जनामा कोरोना पुष्टि

आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍ जागेश्वर गाैतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

विज्ञापन

पिसिआर परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणमा ७३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै २४ घण्टामा मृत्यु हुनेको संख्या ५२ रहेको छ। अघिल्ला दिनहरूमा छुटेको संख्या समेत जाेड्दा मृत्यु हुनेको संख्या ८८ रहेकाे गाैतमले बताए।

त्यस्तै यस दिन ४ हजार २२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।

यस दिन कुल १८ हजार ७८७ जनाको नमुना संकलन भएको थियो। आज थपिएका संक्रमितसहित हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेको गौतमले बताए।

देशभर ८३२ जना संक्रमित आइसियू कक्षमा छन्, तीमध्ये पनि २६७ जना भेन्टिलेटरको सहायतामा रहेको गौतमले बताए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook