• होमपेज
  • ७ वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा फलेवासका ५८ बर्षीय दुर्गाराज पक्राउ
गण्डकी प्रदेश

७ वर्षीया बालिकालाई करणी प्रयास गरेको आरोपमा फलेवासका ५८ बर्षीय दुर्गाराज पक्राउ

पर्वत/ सात बर्षकी बालिकालाई जवजस्ती करणी गरेको आरोपमा फलेवास नगरपालिकाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका ५८ बर्षीय दुर्गाराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

बैशाख १ गते घरमा कोही नभएको मौका पारेर पाण्डेले करणीको प्रयास गरेका थिए । पीडित बालिकाका अभिभावले प्रहरीमा खवर गरेपछि भोलीपल्ट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

विज्ञापन

निजलाई पर्वत जिल्ला अदालतबाट जबरजस्ती करणी सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook