• होमपेज
  • पर्वतमा एकै दिन ५२ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेश

पर्वतमा एकै दिन ५२ जनामा कोरोना संक्रमण

पर्वत । कोरोना संक्रमण बढ्दै गइरहेको बेला पर्वतमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार एक दिन पर्वत जिल्लाका विभिन्न स्थानीय तहमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अहिलेसम्मकै दैनिक संक्रमण पुष्टि भएको संख्याको अधिकतम संख्या हो । संक्रमण पुष्टि हुनेहरुमा सवैभन्दा धेरै विहादी गाउँपालिकाका रहेका छन् ।

गाउँपालिकाका विभिन्न वडाका २५ जनामा संक्रमण देखिएको छ भने जलजलाका १५ जनामा थप संक्रमण पुष्टि भएको छ । यसैगरी कुश्मा नगरपालिका भित्रका विभिन्न वडाका थप १० जना तथा मोदी र महाशिलामा थप १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

विज्ञापन

उनीहरुको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएका परिक्षणमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पर्वतका अनुसार उनीहरु अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook