• होमपेज
  • पर्वतको पिपलटारीमा जीप दुर्घटना १६ घाईते, सबै डिस्चार्ज
कुश्मा नगरपालिका

पर्वतको पिपलटारीमा जीप दुर्घटना १६ घाईते, सबै डिस्चार्ज

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १० पिपलटारीमा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरीबाट कुश्मातर्फ जाँदै गरेको जीप कुश्मा १० पिपलटारीको गहते भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालक सहित अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीका अनुसार दुर्घटनामा २ जना गम्भिर घाइते रहेको जानकारी दिए । घाइतेहरुको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जनाएको छ । गम्भिर विरामीहरुलाई पोखरा पठाउने तयारी भइरहेको छ ।
क्षमता भन्दा वढी यात्रूवोकेका कारण जिप अनियन्त्रित भई दुर्घटना भएको जनाईएको छ ।
घाईतेहुनेहरु कुश्मा नगरपालिका वडा नं। १२ खौलालाकुरीको मृगौला पिडित विरामीको डायलेसिस गराउदा जिल्ला अस्पतालमा मृत्यू भएका कारण लास  बुुझ्न आएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook