• होमपेज
  • ओली-नेपालबीच वार्ताको तयारी
Breaking News

ओली-नेपालबीच वार्ताको तयारी

काठमाडौं- सत्तारूढ नेकपा एमालेभित्रको तीब्र शक्तिसंघर्ष मत्थर गर्ने प्रयासस्वरुप प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउन नेताहरू सक्रिय भएका छन्। ओली र नेपालबीच शुक्रबार नै वार्ता गराउनेगरी गृहकार्य भइरहेको ‘वातावरण बनाउन’ सक्रिय एक नेताले बताए। सकेसम्म आजै दुवै नेताबीच वार्ता हुनेछ, पार्टी केन्द्रीय कार्यालय थापाथलीमै वार्ता गराउने तयारी छ’, ती नेताले भने। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा ओली र नेपालबीच टेलिफोन वार्ता भएको थियो।

शुक्रबार प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार रहेका एमाले केन्द्रीय सदस्य मोतीलाल दुगडले नेपाललाई भेटेर छलफल गरेका थिए। छलफलपछि कुरा गर्दै दुगडले ‘लगभग कुरा मिलिसकेको’ बताए।

विज्ञापन

नेपाललाई भेटेपछि दुगड र नेपालनिकट एमाले नेता सोमप्रसाद पाण्डेले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै