• होमपेज
  • पर्वतका ३२ सामुदायिक वनमा डढेलो
गण्डकी प्रदेश

पर्वतका ३२ सामुदायिक वनमा डढेलो

पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ ।

जिल्ला वन कार्यालयको तथ्यांकअनुसार पर्वतका करिब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा डढेलो लाग्ने गरेको वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पर्वतमा वर्षेनी सयौं हेक्टर जमिनमा आगलागी हुने गरेको छ ।

विज्ञापन

वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । डिभिजन वन कार्यालय पर्वतका प्रमुख मेघराज पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचेक्र्याइँले वनमा धेरै डढेलो लागेको हो । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा वा सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा सुख्खायाममा धेरै आगलागी हुने गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । पौडेलले भने, ‘जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ । यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook