• होमपेज
  • आइफोन १२ बन्यो सर्वाधिक लोकप्रिय स्मार्टफोन, यस्तो छ टपटेन सूची
अर्थ/वाणिज्य

आइफोन १२ बन्यो सर्वाधिक लोकप्रिय स्मार्टफोन, यस्तो छ टपटेन सूची

चालू वर्ष सन् २०२१ को पहिलो महिना जनवरीमा विश्व बजारमा सर्वाधिक बिक्री भएका शीर्ष १० स्मार्टफोनको सूची सार्वजनिक भएको छ । रिसर्च कम्पनी काउन्टर प्वाइन्टको रिपोर्टअनुसार जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको रुपमा आइफोन १२ रहेको छ ।

एप्पलको आइफोन १२ शीर्ष स्थानमा रहँदा आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स दोश्रो र तेश्रो स्थानमा रहेका छन् ।

विज्ञापन

क्वाउन्टर प्वाइन्टका अनुसार जनवरीमा एप्पलले बिक्री गरेका कूल स्मार्टफोनमध्ये ७१ प्रतिशत हिस्सा यी तीनवटा आइफोनको रहेको छ ।

विश्व बजारमा सर्वाधिक बिक्री भएका स्मार्टफोनको चौथो स्थानसमेत एप्पलकै आइफोन ११ ले कब्जा गरेको छ ।

स्मरण रहोस् आइफोन ११ सन् २०२० मा विश्वमा सर्वाधिक बिक्री भएको स्मार्टफोन बनेको थियो । गत वर्ष एप्पलले ६ करोड ४८ लाख गोटा आइफोन ११ बिक्री गरेको थियो ।

गत जनवरी महिनामा सर्वाधिक बिक्री हुने आइफोन १२ सिरिजलाई एप्पलले सन् २०२० को अक्टोबर महिनामा लञ्च गरेको थियो । फाइभ जी सपोर्टसँगै अपडेटेड डिजाइन र फ्लाट एजसँगै आएको आइफोन १२ ले विश्व स्मार्टफोन बजारमा एप्पललाई शीर्ष स्थानमा पुर्‍याउनसमेत सफल भएको छ । हालैको एक रिपोर्टअनुसार सामसुङलाई पछि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो स्मार्टफोन कम्पनी बनेको छ ।

काउन्टर प्वाइन्टका अनुसार जनवरी महिनामा बिक्री भएका आइफोन १२ सिरिजका स्मार्टफोनमध्ये एक तिहाई अमेरिकामै बिक्री भएका छन् । आइफोन १२ सिरिजमध्ये सबैभन्दा महँगो आइफोन प्रो म्याक्सलाई अमेरिकामा सर्वाधिक रुचाइएको छ ।

विश्व बजारमा सर्वाधिक बिक्री भएका शीर्ष चार स्मार्टफोनमा आइफोनले कब्जा गर्दा पाँचौँ स्थानमा चाहिँ शाओमीको रेडमी ९ए र छैटौँ स्थानमा रेडमी ९ परेका छन् ।

जनवरी महिनाका टपटेन स्मार्टफोनको सूचीमा सामसुङको ग्यालेक्सी ए२१एस र ग्यालेक्सी ए३१ पनि परेका छन् । ग्यालेक्सी ए२१ एस सातौँ स्थानमा रहँदा एस ३१ नवौं स्थानमा छ।

त्यस्तै एप्पलको आइफोन १२ मिनी आठौँ र आइफोन एसइ २०२० दशौँ स्थानमा परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook