• होमपेज
  • पर्वतको फलेवास नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयरकप शुरु
खेलकुद

पर्वतको फलेवास नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयरकप शुरु

पर्वत । फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो मेयर कप खेलकुद प्रतियोगिता बिहीबारदेखि कार्कीनेटाको मनमोहन शान्ति बाटिकाको खेल मैदानमा शुरु भएको छ ।

‘खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी’ भन्ने मूल नाराका साथ चैत २६ देखि २८ गतेसम्म संचालन हुने प्रतियोगिताको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भव्य समारोहका बीच उद्घाटन गर्नुभयो ।

विज्ञापन

स्थानीय संस्कृति, झाँकी, मार्चपास र बाजा गाजा सहित कार्यक्रम भब्यताका साथ शुरु गरिएको थियो। प्रतियोगितामा नगरपालिका भित्रका १४ वटा विद्यालय र ११ वटै वडाको सहभागिता रहेको छ । नगर भित्र रहेका खेल प्रतिभाहरुको खोजी गर्ने तथा उनीहरुलाई अवसर प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।

रनिङ शिल्ड अन्तर्गत विद्यालयस्तरिय छात्र/छात्रा भलिवल प्रतियोगिता र एथलेटिक्सका खेलहरु संचालन भईरहेका छन् भने मेयर कप अन्तर्गत वडा स्तरिय भलिवल र सेभेन ए साईड फुटवल प्रतियोगिता भईरहेको नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख शर्माले खेलकुदको माध्यमबाट नयाँ प्रतिभाको खोजी गरि राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी तयार गर्न विभिन्न प्रतियोगिताहरु गर्दै आएको बताउनुभयो । उहाँले युवाहरुलाई खेलमा सहभागी गराउन प्राथमिकताका साथ योजना समेत अगाडी बढाइएको बताउनुभयो ।

कार्यक्रममा फलेवास नगरपालिकाका उप प्रमुख मन्जु अधिकारीले खेलकुदले युवाहरुको क्षमता बढाउन सघाउ पुग्ने भएकाले यस्ता प्रतियोगिता अगाडी बढाउन नगरपालिका लागिरहेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा, वडा अध्यक्ष अर्जुन केसी, प्रवक्ता टिकाराम गौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नगरप्रमुख पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत बाबुराम शर्मा र संचालन कार्यक्रम व्यवस्थापक देबी तिमिल्सीनाले गर्नुभएको थियो ।

यसैबीच मेयर कप अन्तर्गत बिहिबार र शुक्रबार सम्पन्न भलिवलअन्तर्गत क्वाटर फाईनलका सबै खेलहरु सकिएकाछन् । भोलि हुने सेमी फाईनलका खेलहरुमा देबीस्थान र भँगरा बीच पहिलो खेल र खानीगाउँ र कुर्घा बीच दोस्रो खेल हुने जनाइएको छ ।
यस्तै मेयर कप फुटवल अन्तर्गतको शुक्रबार सम्पन्न खेलमा थापाठाना फाईनलमा प्रबेश गरेको छ भने भोलि भँगरा र देबीस्थानका बीच क्वाटर फाईनलको खेल हुनेछ ।

राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतका एथलेटिक्स विद्याका अधिकांस खेल सकिएका छन् भने विद्यालयस्तरिय भलिवल प्रतियोगिताको क्वाटर फाइनलका सबै खेल सकिएका र भोलि सेमीफाईनलका खेलहरु हुने बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook