Breaking News

माधव नेपाल पक्षधर सांसदले देउवालाई विश्वासको मत दिने
माधव नेपाल पक्षधर सांसदले देउवालाई विश्वासको मत दिने

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । आज बोलाइएको प्रतिनिधिसभा बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् । यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न नेपाल पक्षधर २६ सांसदले हस्ताक्षर गरेका थिए । पछि सर्वोच्च अदालतमा माधवकुमार नेपाल पक्षधर २३ सांसद देउवाको पक्षमा देखिएका थिए । […]

  • ३ years अगाडि
देउवाका ज्योतिषीको अर्को भविष्यवाणी –‘आज विशेष कार्य सिद्धिको योग परेको छ’
देउवाका ज्योतिषीको अर्को भविष्यवाणी –‘आज विशेष कार्य सिद्धिको योग परेको छ’

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनु पूर्व देउवालाई ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका ज्योतिषी सुरेश चन्द्र रिजालले अर्को भविष्यवाणी गरेका छन् । उनले असार २७ गतेबाट सुरु भएको गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहको बार आइतबार र तुला राशिमा चन्द्रमा भएको […]

  • ३ years अगाडि
पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज
पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै छ। बानेश्वरस्थित संघीय संसद् भवनमा आज अपराह्न बैठक बस्ने भएको हो। शेरबहादुर देउवाको नेतृत्वमा नवगठित सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति विघटन गरेको प्रतिनिधि सभा सर्वाेच्च अदालतले यही […]

  • ३ years अगाडि
१० बुँदे सहमति कार्यान्वयन गर्दै एकताबद्ध हुने एमाले नेताहरूको प्रतिबद्धता
१० बुँदे सहमति कार्यान्वयन गर्दै एकताबद्ध हुने एमाले नेताहरूको प्रतिबद्धता

नेकपा एमालेका नेताहरूले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विघटित पार्टी एकता कार्यदलका सदस्यहरूले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालिएको प्रतिक्रिया दिएका हुन् । शनिबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरिएको […]

  • ३ years अगाडि
जसपामा सांसद तानातान : संसदीय दलमा पनि उपेन्द्र पक्षको बहुमत
जसपामा सांसद तानातान : संसदीय दलमा पनि उपेन्द्र पक्षको बहुमत

जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सांसद तानातानको स्थिति पैदा भएको छ । कुल ३२ सांसदमध्ये उपेन्द्र पक्षसँग १२ मात्रै सांसद थिए । तर, अहिले ६ जना सांसद उपेन्द्र पक्षको कित्तामा आएपछि महन्थ पक्ष अल्पमतमा परेको छ । महन्थ पक्षलाई अहिले आफ्ना सांसद जोगाउन हम्मेहम्मे परेको छ । बालकुमारीस्थित आज […]

  • ३ years अगाडि
प्रचण्डले भेटे माधव नेपाललाई, सरकारमा सहभागी हुन आग्रह
प्रचण्डले भेटे माधव नेपाललाई, सरकारमा सहभागी हुन आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल भएको बताईएको छ । नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भनेको छ । तर, प्रधानमन्त्री देउवाले सरकारमै सहभागी हुन आग्रह गरिरहेका छन् । प्रचण्डले […]

  • ३ years अगाडि
माधव नेपाल बने शक्तिकेन्द्र, कोटेश्वरमा भीड बढ्यो
माधव नेपाल बने शक्तिकेन्द्र, कोटेश्वरमा भीड बढ्यो

काठमाडौं, २ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति ह्वात्तै बढेको छ । विगतमा उनको कोटेश्वरस्थित निवासमा नेता कार्यकर्ताको आवतजावत् निकै पातलो हुन्थ्यो । विश्वासपात्रहरुले नै धमाधम छाडेपछि कतिपयले नेता नेपालको राजनीतिक अब सकिदै गएको अनुमान पनि लगाएका थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर आफ्नै दल एमालेका अध्यक्ष केपी शर्मा […]

  • ३ years अगाडि
रास्ट्रपतिमाथि महाभियोगको विकल्पमा किन चर्चा गर्दैछ सत्ता गठबन्धन?
रास्ट्रपतिमाथि महाभियोगको विकल्पमा किन चर्चा गर्दैछ सत्ता गठबन्धन?

काठमाडौं: सर्वोच्च अदालतको परमादेशमा विपक्षी गठबन्धन सत्तामा आएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोगको चर्चा सुरु भएको छ। सत्ता गठबन्धनमा रहेका दलका नेताले नै महाभियोगको चर्चा गरेका छन्। संविधानको धारा ६५ मा राष्ट्रपतिको पद रिक्त हुने दुइटा विकल्पलाई सत्ता गठबन्धनले जोड दिएको छ। पहिलो उपराष्ट्रपतिसमक्ष पदबाट राजीनामा दिएमा र दोस्रो धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा भन्ने […]

  • ३ years अगाडि
केपी ओलीले भत्काए एमालेको एकता, चुँडियो एकताको डोरी
केपी ओलीले भत्काए एमालेको एकता, चुँडियो एकताको डोरी

काठमाडौँ– सर्वोच्च अदालतबाट पुनर्जीवन पाएको नेकपा एमालेमा दुई महिनाभन्दा धेरै पार्टी फुटको बेहिसाब अभ्यास भए। आन्तरिक विग्रहले यस्तो परिस्थिति निम्त्यायो कि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताहरू हिंसात्मक दिशातर्फ एकाएक मोडिए। नेपालपक्षीय नेता रामकुमारी झाँक्री त हिरासतमै पुगिन्। ओलीले नेपाल पक्षबाट विश्वासको मत पाएनन्। ‘अति सर्वत्र वर्जयेत्’ भनेझैँ मृत्युको संघारमा […]

  • ३ years अगाडि
प्रधानमन्त्री हटेपछिको आक्रोश : संसदीय दलको बैठकमा ओलीले भने- ‘माधवकुमार नेपाल अपराधी हुन्’
प्रधानमन्त्री हटेपछिको आक्रोश : संसदीय दलको बैठकमा ओलीले भने- ‘माधवकुमार नेपाल अपराधी हुन्’

काठमाडौं । एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अपराधीको संज्ञा दिएका छन्। सिंहदरबारस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउने अपराध नेपालले गरेको बताए। यसअघि गत बुधबार बालुवाटार छोडेर बालकोट पुगेका ओलीले घरको बार्दलीबाट भाषण गर्दै नेता […]

  • ३ years अगाडि
युथ फोर्सको ‘काउन्टर’ मा अखिल फोर्स
युथ फोर्सको ‘काउन्टर’ मा अखिल फोर्स

काठमाडौं । दुई दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो […]

  • ३ years अगाडि
लुम्बिनी प्रदेश : अल्पमतमा पर्ने भएपछि मतदानको बेला सत्तापक्षद्वारा सदन बहिस्कार
लुम्बिनी प्रदेश : अल्पमतमा पर्ने भएपछि मतदानको बेला सत्तापक्षद्वारा सदन बहिस्कार

बुटवल । सत्ता पक्षले नै बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफसमेत दिइसकेपछि सत्तारुढ दल एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् । बजेटलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने बेलामा सत्तापक्षका सांसदले बैठक बहिस्कार गरेपछि सभामुखले शुक्रबार दिउँसो १ बजे सम्मका […]

  • ३ years अगाडि