• होमपेज
  • ८ जनालाई माफी, ५ सय २३ जनाकाे कैद कट्टा
Breaking News

८ जनालाई माफी, ५ सय २३ जनाकाे कैद कट्टा

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आठ जनालाई माफी र पाँच सय २३ कैदीकाे कैद कट्टा गर्नुभएकाे छ ।

आज शनिवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति निकालेर संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत आठ जनाको कैद सजाय माफी गर्नुभएको जनाएकाे छ ।

विज्ञापन

त्यस्तै हर्कबहादुर राईसमेत पाँच सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो । गएको भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook