• होमपेज
  • काँग्रेस पर्वतको विपि स्मृति भवन प्रधानमन्त्री देउवाद्धारा उद्घाटन
Breaking News

काँग्रेस पर्वतको विपि स्मृति भवन प्रधानमन्त्री देउवाद्धारा उद्घाटन

पर्वत – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्वत सदरमुकाम कुश्माबजारमा सम्पन्न विपि स्मृति भवनको उद्घाटन गर्नुभएको छ ।

नेपाली काँग्रेस पर्वतले स्थापना गरेको कार्यालयको आज विहान भर्चुअल (जुम) माध्यम मार्फत उद्घाटन गर्नुभएको हो । सो अवसरमा विपि स्मृति भवन निर्माण गरेकोमा पर्वतवासी कार्यकर्ताहरुलाई धन्यवाद समेत दिनुभएको थियो ।

विज्ञापन

उहाँले सवै जिल्लामा कार्यालय भवनहरु निर्माण हुने क्रम भइरहेको भन्दै खुशी ब्यक्त गर्नुभयो । उहाँले पार्टी कार्यालय कार्यकर्ताहरुका सुख दुःख विसाउने थलो हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्तिहरु विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेता पौडेलेले आफ्नै शक्तिले देशको ठूलो पाटी हुन कांग्रेस नेता कार्यकर्ताले प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो -‘हामी आफै ठूलो पाटी हुने हो कम्युनिष्ट फुटेका कारण ठूलो पाटी हुने होइन ।’

बरिष्ठ नेता पौडेलले लोकतान्त्रिक मूल्य मान्यता पछिल्लो समय नेपाली कांग्रेसमा हराउँदै गएको समेत बताउनुभयो । उहाँले कांग्रेस पाटी भित्रको लोकतान्त्रिक मूल्य मान्यतालाइ संस्थागत गर्नुपर्ने धारणा राख्नुभयो । भवन उद्घाटन समारोहको भर्चुअल माध्यमवाट सम्वोधन गर्नुभएका पौडेलले कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्न समेत धारणा राख्नुभयो । उहाँले अव चयन हुने नेतृत्वले देशको भविश्य कस्तो बनाउने भन्ने निक्यौल गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले पाटी भित्र गुट बन्दीको अन्त्य गर्न आग्रह गर्नुभएको छ । उहाँले गुट रहित कांग्रेस बनाई आगामी महाधिवेशन सम्पन्न गर्न समेत आग्रह गर्नुभयो ।


२०६६ साल कात्तिक ११ गते शिलन्यास गरिएको भवन झण्डै १२ वर्षमा सम्पन्न भएको हो । भवन निर्माण गर्न कुल रु.१ करोड ४७ लाख खर्च भएको छ । भवन निर्माण समितिका संयोजक समेत रहनुभएका केन्द्रीय सदस्य अर्जूनप्रसाद जोशीले दिएको जानकारी अनुसार कुल रु.२ करोड १३ लाखका स्टिमेट गरिएको भएपनि रु.१ करोड ४७ लाखमा भवनको निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।

भवन निर्माणको लागि विभिन्न संघ सस्था, ब्यक्ति तथा शुभेच्छुकसंग रकम संकलन गरिएको जोशीले जानकारी दिनुभयो । भवन निर्माणका लागि प्राप्त रकम मध्ये रु.६५ लाख रुपैंया बचत भएको छ । बचत भएको रकम विभिन्न अक्षय कोषमा राखिने जोशीले जानकारी दिनुभयो ।
उक्त भवन तत्कालीन जिल्ला सभापति नवराज गुरुङको पालामा शिलन्यास भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook