• होमपेज
  • एमालेका शीर्ष नेता छलफलमा
Breaking News

एमालेका शीर्ष नेता छलफलमा

काठमाण्डु – नेकपा एमालेका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । एमालेको अवरोधबीच सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट विनियोजन विधेयक पारित गरिएपछि एमालेका शीर्ष नेताहरुले संसद भवनमै आन्तरिक छलफल सुरु गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरूबीचको छलफल जारी छ ।

विज्ञापन

आफ्ना मागबारे सभामुखले सुनुवाइ नगरी संसद सुचारु राखेको विषयमा धारणा बनाउन उनीहरुले छलफल सुरु गरेका हुन् । पार्टी विभाजनमा सभामुखको महत्वपूर्ण भूमिका रहेको भन्दै एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आइरहेको छ ।

आफूले कारवाही गरेका १४ सांसदको पदमुक्तको सूचना टाँस गर्नुपर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने एमालेले अडान राखेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook