स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ। नेपालमा आज ८ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यससँगै संक्रमितको कूल संख्या ४ लाख ३९ हजार ६५८ जना […]
काठमाडाैं- गण्डकी प्रदेशमा थप ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लाे २४ घण्टामा १ हजार ३ जनाको नमूना परीक्षण गर्दा प्रदेशका ९ जिल्लाका ५०६ जनामा संक्रमण पुष्टि भएकाे हाे। प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार थपिएका संक्रमितहरुमा कास्कीका २१०, बागलुङका १९९ र नवलपरासी पूर्वका ९१ जना रहेका छन्। यस्तै, म्याग्दीका २८, तनहुँका २७, स्याङजाका […]
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार २४५ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण देखिएको हो। यस्तै, २१४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा र विभिन्न मितिमा नेपाली सेनाद्वारा गरेको शव व्यवस्थापनको संख्या जोडेर […]
बागलुङ – आजै कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुषको बिहिबार (आज) विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनी धौलागिरी अस्पतालमा बैशाख २८ गते भर्ना भएका […]
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकै रातमा ११ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना रुपन्देही, ३ जना कपिलवस्तु, तथा प्युठान र नवलपरासीका ११ जना रहेका छन् । अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ३ जनाको शव उठाउन कोहि आफन्त नआएपछि अस्पतालले आफैले ३ दिन पछि सनाखत गरि शव व्यवस्थापन गरेको […]
गएको २४ घण्टामा नेपालमा ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ४११ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १७ हजार ६३२ जनाको पीसीआर तथा ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हालसम्म गरेर ४ लाख तीन हजार ७९४ जना कोरोना संक्रमित भएका छन् भने ३ […]
आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। पिसिआर परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणमा ७३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। त्यस्तै २४ घण्टामा मृत्यु हुनेको संख्या ५२ रहेको छ। अघिल्ला दिनहरूमा छुटेको संख्या […]
काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पतालको नयाँ भवनमा ५ सय शय्याको कोभिड युनिफाइड अस्पताल बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । ५ सय शय्याबाट सुरु गरिने अस्पतालले पछि देशभरका अस्पतालहरूको कमाण्ड गर्ने उहाँको भनाइ छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन […]
काठमाडौं । नेपालमा कोभिडबाट एकैदिनमा थप ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ संक्रमित थपिएका छन् । १७ […]
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिनियाँ कम्पनी सिनोफार्म निर्मित कोभिड भ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। डब्ल्यूएचओले गैर–पश्चिमी देशमा निर्मित कोभिड भ्याक्सिनलाई पहिलोपटक अनुमति दिएको हो। यो भ्याक्सिन चीन र विश्वभर करोडौं मानिसहरूलाई यसअघि नै लगाइसकिएको छ। यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र मोर्डना कम्पनीको कोभिड भ्याक्सिनलाई मात्र प्रयोग अनुमति दिएको थियो। अफ्रिका, […]
काठमाडौँ : कोभिड–१९ विरुद्धको खोप खरिदका विषयमा लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री र कमिसन एजेण्टबीचको विवाद सतहमा आएपछि खोप खरिद प्रक्रियाको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले लिएका छन् । उपप्रधानमन्त्री पोखरेलको सचिवालयका अनुसार, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक समेत रहेहका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य […]
रूपन्देही । आइतबार रुपन्देहीमा ७१८ नमूना परीक्षण गर्दा ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमतिले ज्यान गुमाएका छन् । २४ घण्टामा बुटवलमा २०७ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा १०४ जना थपिएका छन् । सिद्धार्थनगरमा ५८ जना, देवदहमा २३ जना, सैनामैनामा २० जना, सुद्धोधनमा ६ जना […]