• होमपेज
  • कोरोनाका कारण एकैदिन २१४ जनाको मृत्यु, थप ८९६० जनामा संक्रमण
Breaking News

कोरोनाका कारण एकैदिन २१४ जनाको मृत्यु, थप ८९६० जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार २४५ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार ९६० जनामा संक्रमण देखिएको हो।

विज्ञापन

यस्तै, २१४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा र विभिन्न मितिमा नेपाली सेनाद्वारा गरेको शव व्यवस्थापनको संख्या जोडेर आज २१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हो।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर १ लाख ५ हजार २०७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook