• होमपेज
  • ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णय खारेज गरिने
Breaking News

ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णय खारेज गरिने

काठमाडौंः लामो रस्साकस्सीपछि नेकपा (एमाले) को विवाद तत्कालका लागि मत्थर भएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएपछि विवाद मत्थर भएको हो। दुई नेताबीच एमालेका पार्टीका संगठन, कमिटी लगायतलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने समझदारी भएको छ। नेपाल पक्षको मागमध्ये एक यो पनि थियो।

अदालतका फैसलापछि सम्पूर्ण विषय पार्टी एकतापूर्वको अवस्थामा फर्कनुपर्ने अडान नेपाल पक्षले गर्दै आएको थियो।

विज्ञापन

यस्तै, ओली र नेपालबीच फागुन २८ को महाधिवेशन आयोजक कमिटीको निर्णय कसरी अघि बढाउने भन्नेबारे अध्ययन कार्यदल बनाउने समझदारी बनेको छ।

वार्ता सकारात्मक भएसँगै हाललाई सामूहिक राजीनामा स्थगित भएको वार्तापछि वरिष्ठ नेता नेपालले बताए।

भेटवार्तामा नेपालले अघि सारेका छ बुँदे प्रस्तावमा पनि छलफल भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook