• होमपेज
  • विद्यालयमा प्रअको मनोमानी बढेको भन्दै अभिवावकले मागे स्पष्टीकरण
कुश्मा नगरपालिका

विद्यालयमा प्रअको मनोमानी बढेको भन्दै अभिवावकले मागे स्पष्टीकरण

पर्वत – कुश्मा नगरपालिका ११ पकुवा सिल्मी स्थित स्यानी पोखरी प्राथमिक विद्यालयमा १८ बर्षदेखी आर्थिक, शैक्षिक, भौतिक तथा नितिगत गतिविधिमा अनियमितता हुंदै आएको र सार्वजनिक नगराएको भन्दै अभिभावकहरुले स्पष्टीकरण खोजेका छन ।

प्रधानाध्यापक राम बहादुर केशीले अनियमित रुपमा अभिभावकलाइ जानकारी नै नगराई एकलौटी विद्यालयका गतिविधि संचालन गरेको भन्दै ११ जना अभिभावकले ९ वुंदे लिखित पत्र सहित स्पष्टीकरण माग गरेका छन ।

विज्ञापन

२०६० साल देखी विद्यालयमा भए गरेका आर्थिक भौतिक शैक्षिक तथा नितिगत गतिविधि आफुहरुलाइ जानकारी नगराई एकलौटी रुपमा प्रधानाध्यापकले संचालन गरेको अभिभावकको आरोप छ ।

कति दु:खले स्कुल स्थापना गरियो अहिले प्रधानाध्यापक उनी भए देखी आफ्नै हालीमुहाली चलेको छ अति भएपछि आमीले पत्र बुझाएका हौं स्थानीय अभिभावक इश्वरी भुसालले भने । ‘पटक पटक भनियो कसैलाई सुनेनन, यसो जाने बुझेका अभिभावकलाई केहि थाहै नदिने, केहि नबुझ्ने नजान्ने र उनले भनेको मान्ने अभिभावक बोलाए जस्तो गरेर आफुखुसी काम गरेका छन् ।’ भवन लगायत भौतिक संरचना निर्माण गर्दा पनि समिती नै नबनाई उनी आफै ठेकेदार भएर काम गर्ने गरेको समेत भुसालले सुनाए ।

यता कुश्मा नगरपालिकाका शिक्षा प्रमुख विष्णु प्रसाद तिवारीले हरेक वर्ष भदौ मसान्तसम्म विद्यालयमा भएगरेका गतिविधि अभिभावक भेलामा सार्वजनिक गरी नगरपालिकामा प्रतिवेदन बुझाउनु पर्ने बताए । कतिपय विद्यालयले किर्ते गरेर प्रतिवेदन बुझाउने गरेको यसैगरी अभिभावकले बिरोध गरेपछि थाहा हुने बताए । तिवारीले स्यानी पोखरी प्राविको गतिविधि आफुलाइ थाहा भए पनि कार्वाही गर्ने अधिकार आफुसंग नभएको बताए । उनी थप्छन् ‘स्यानीपोखरी प्राविको पहिले देखी नै रेकर्ड राम्रो छैन, प्रअले मनलागी गरेको पाइएको छ तर जनप्रतिनिधिले ढाकछोप गर्छन्, के गर्नु हामी कर्मचारी परियो जनप्रतिनिधिले भनेको मान्न पर्ने ।’ स्थानीय जनप्रतिनिधिले कडा निगरानी नगर्ने शिक्षकका गल्तीहरुलाई ढाकछोप गर्ने परिपाटीले शिक्षा क्षेत्र नै धरासायी बन्दै गएको नगर शिक्षा प्रमुख तिवारीले बताए ।

यसबारेमा स्यानी पोखरी प्राविका प्रधानाध्यापक राम बहादुर केसीलाई बुझ्दा कसैले रिस लागेर आफु माथि गुनासो गरेको सुनाए । ‘केहि सार्वजनिक भएन भन्दै पत्र बुझाएका छन, विद्यालयको एक रुपैयाँ तलमाथि गरेको छैन, मैले सबै स्पष्टीकरण दिन तयार छु ।’ उनले भने ।

विगतमा पनि विभिन्न गतिविधिमा आलोचित हुंदै आएका स्यानी पोखरी प्राविका प्रधानाध्यापक राम बहादुर केसीको यो विषयको पनि चर्को विरोध भएको छ ।news source sabakokura online

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook