• होमपेज
  • ओली २०७५ जेठ २ गते अघिको संरचनामा फर्कन सहमत भए एकता कायमै रहने
Breaking News

ओली २०७५ जेठ २ गते अघिको संरचनामा फर्कन सहमत भए एकता कायमै रहने

काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेपछि विवाद मोडिएको छ । आज बसेको स्थायी कमिटी बैठकले नेताहको कारबाही फुकुवा गरेपछि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच आज वार्ता हुँदैछ । केही बेरमा हुने वार्तामा ओली २०७५ जेठ २ गते अघिको संरचनामा फर्कन सहमत नभए सांसदहरुले आजै राजीनामा दिने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

“फुकुवा हुनु ठूलो कुरा होइन् । कार्बाही गर्नु उचित थिएन । हाम्रो माग जेठ २ गतेको एमालेको संगठनात्मक संरचनामा फर्कनुपर्छ भन्ने हो । आगामी दिनमा के गर्नुपर्ने भन्ने निर्णय गर्नुपर्छ । हामीले यो पहिल्यैदेखि उठाउँदै आएको कुरा हो । त्यो ओलीले मान्नुभएन,” उनले द्रुतखबरसँग भने ।

विज्ञापन

त्यस्तै ज्ञवालीले ओलीले एकलौटी रुपमा गरेका फागुन २८ गते र त्यस यताका सबै निर्णय खारेज हुनुपर्ने बताए ।  आज ओली र नेपालबीच छलफलमा ओलीले आफूहरुको माग संम्बोधन नगरे सांसदहरुले राजीनामा दिने उनको जिकिर छ ।

“उहाँहरुबीच आज छलफल हुँदैछ । ओली जेठ २ मा फर्कन सहमत हुनुभएन भने राजीनामा दिन्छौं । सहमत भए पार्टी एकता हुन्छ । राजीनामा अथवा पार्टी एकता त्यही भेटले टु्ंगो लगाउँछ,” उनले भने ।

एमालेको खनाल–नेपाल समूहले जेठ २ मा फर्कनुपर्ने माग राख्दै आएको छ । तर, त्यसमा फर्कन ओलीले अस्वीकार गरिरहेका छन् ।

संसदमा ओलीले विश्वास गुमाएपछि आह्वान भएको बहुमतको सरकार बनाउने मिति आज सकिँदैछ । खनाल–नेपाल समूह त्यसअघि नै राजीनामा बुझाउने तयारीमा रहेपछि ओली फकाउने कसरतमा जुटेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook