• होमपेज
  • गण्डकी प्रदेशमा १४ को मृत्यु, ५०६ जनामा संक्रमण पुष्टि
गण्डकी प्रदेश

गण्डकी प्रदेशमा १४ को मृत्यु, ५०६ जनामा संक्रमण पुष्टि

काठमाडाैं- गण्डकी प्रदेशमा थप ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लाे २४ घण्टामा १ हजार ३ जनाको नमूना परीक्षण गर्दा प्रदेशका ९ जिल्लाका ५०६ जनामा संक्रमण पुष्टि भएकाे हाे।

प्रदेश स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माका अनुसार  थपिएका संक्रमितहरुमा कास्कीका २१०, बागलुङका १९९ र नवलपरासी पूर्वका ९१ जना रहेका छन्।

विज्ञापन

यस्तै, म्याग्दीका २८, तनहुँका २७, स्याङजाका १६, पर्वतका ११, गोरखा र लमजुङमा २/२ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको कूल संख्या २५ हजार ९५३ पुगेको निर्देशक शर्माले जानकारी दिए।

त्यस्तै, पछिल्लाे २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा १४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १८ हजार ६०४ पुगेकाे छ।

हाल प्रदेशमा ७ हजार ३१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। प्रदेशका विभिन्न जिल्लामा होम आइसोलेसन ६ हजार ८६८ बसिरहेका छन्। पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लाका अस्पतालमा उपचाररत थप १४ जनाको मृत्यु भएको छ।

योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१८ पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै