• होमपेज
  • एकै दिन ६ हजार १३५ जना निको भए, २०३ जनाको मृत्यु, संक्रमित कति?
Breaking News

एकै दिन ६ हजार १३५ जना निको भए, २०३ जनाको मृत्यु, संक्रमित कति?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ।

नेपालमा आज ८ हजार ५२० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

विज्ञापन

यससँगै संक्रमितको कूल संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ।

आज २०३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ।

हालसम्म २७ लाख ३३ हजार ५१० जनाको परीक्षण गरिएको छ । आजको परीक्षण २१ हजार ४७८ रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook