• होमपेज
  • कोरोना विशेष अस्पतालमा एकै रातमा ११ संक्रमितको मृत्यु
स्वास्थ्य-जीवनशैली

कोरोना विशेष अस्पतालमा एकै रातमा ११ संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकै रातमा ११ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६ जना रुपन्देही, ३ जना कपिलवस्तु, तथा प्युठान र नवलपरासीका ११ जना रहेका छन् ।

विज्ञापन

अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ३ जनाको शव उठाउन कोहि आफन्त नआएपछि अस्पतालले आफैले ३ दिन पछि सनाखत गरि शव व्यवस्थापन गरेको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताउनुभयो ।

बुद्धभुमी कपिलवस्तु, सैनामैना रुपन्देही र सुनवल नवलपरासीका संक्रमितहरुको मृत्यु पछि शव उठाउन कोहि नआएपछि अस्पतालले आफै सनाखत गरि आज शव ब्यवस्थापन गरेको हो ।

उनीहरुमध्ये १ जनाको २४ गते र २ जनाको २६ गते मृत्यु भएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल-११ का ४२ वर्षीय पुरुषको सोमबार राती ९ः०८ बजे मृत्यु भएको थियो भने सैनामैना रुपन्देहीका ४९ वर्षीय पुरुषको सोमबार राती ९ बजे मृत्यु भएको थियो ।

त्यस्तै सैनामैना-३ कै ४२ वर्षीय पुरुषको सोमबार राती ८ बजे, बुटवल-११ का ३६ वर्षीय पुरुषको मध्यराति १२ः४५ बजे, कञ्चान-४ रुपन्देहीका ३० वर्षीय महिलाको बिहान २ः५० बजे तथा रुपन्देहीका २१ वर्षीया महिलाको बिहान ९ः०७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिनुभयो ।

त्यस्तै बुद्धभुमी कपिलवस्तुका ४० वर्षीय पुरुषको सोमबार राती १२ः३० बजे, बुद्धभुमी कपिलवस्तुकै ४० वर्षीय पुरुषको बिहान ३ः३३ बजे तथा चन्द्रौटा कपिलवस्तुका ३३ वर्षीय पुरुषको सोमबार राती ११ बजे मृत्यु भएको छ ।

डा.गौतमका अनुसार कोरोना बिशेष अस्पतालमा उपचाररत प्युठान गौमुखी-७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको छ ।

एकै समयमा ठुलो संख्यामा संक्रमितहरुको हताहती भए पछि शव व्यवस्थापनमा समस्या आएको प्रवक्ता डा‍. गौतमले बताउनुभयो ।

आज थपिएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २८५ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook