• होमपेज
  • कृष्ण थापा बिक्री भए, बिधान अनुसार कारवाही हुन्छ-चित्र बहादुर केसी
Breaking News

कृष्ण थापा बिक्री भए, बिधान अनुसार कारवाही हुन्छ-चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीकोतर्फबाट सांसद बनेका कृष्ण थापा बिकेको प्रतिक्रिया दिएका छन् । पार्टीको निर्देशन लत्याउँदै कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिन थापाले अस्वीकार गरेसँगै केसीको यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘२०५१ सालदेखि हामीले, राष्ट्रिय जनमोर्चाले संसदमा भाग लियो, कुनैपनि सांसदले अहिलेजस्तो नालायक चरित्र देखाएकै थिएनन्’, उनले भने,‘ यिनीहरुको हविगत थाहा भयो, बिक्री भए ।

विज्ञापन

‘निहुँ पारेका छन्, तलतल जिल्लामा, गाउँमा जनताले मानेका छैनन् रे ! त्यस्तो कुरा पनि हुन्छ ?’ उनले  भने ।

‘पार्टीले सांसद बनाउँछ, पार्टीले नेता बनाउँछ पार्टीले सबै बनाउँछ । अब त्यसपछि बिक्री हुने, इमान बेच्ने, नीति बेच्ने, चरित्र बेच्नेलाई कारबाही हुन्छ । पार्टीको विधानअनुसार कारबाही प्रक्रिया अघि बढ्छ,’ केसीले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook