• होमपेज
  • कोभिडका बिरामी बढेपछि पर्वत अस्पतालमा २० वटा आइसोलेशन बेड थप
गण्डकी प्रदेश

कोभिडका बिरामी बढेपछि पर्वत अस्पतालमा २० वटा आइसोलेशन बेड थप

पर्वत –  कोभिड-१९ का संक्रमित बिरामको संख्या दिनानुदिन बढ्दै गएपछि पर्वत अस्पतलामा शैया थप गर्न थालिएको छ ।

जिल्ला अस्पतालको कोभिड-१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखि क्याम्पसमा निर्माण गरिएको अस्थायि अस्पतालवाट आवश्यक कपडा लगायतका सामाग्री लगेर २० वेड थप गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।

विज्ञापन

अस्पतालले सञ्चालनमा ल्याएको १० शैया क्षमताको कोरोना संक्रमित उपचार कक्ष सोमवारनै भरिएको हो । अस्पतालमा रहेका सवै कोभिडका विरामीले अस्पतालकै अक्सिजन प्लाण्टबाट उत्पादित अक्सिजन तथा शिलिण्डरबाट अक्सिजन लिएर उपचार गरिरहेका छन् । उनिहरको अवस्था भने सामान्य रहेको छ ।

कोरोना संक्रमितहरुको बढ्दो संख्यालाई ध्यानमा राखेर पर्वत अस्पतालमा नै थप २० शैया विस्तार गर्न थालिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । अस्पतालमा बेड व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गरेको उहाँको भनाई छ । थपिएका बेडहरुमा समेत स्वास्थ्यकर्मिको प्रत्यक्ष निगरानीमा बिरामीहरुको उपचार गरिने भएको छ ।

स्वास्थ्यकर्मी विना अक्सिजन मात्र दिएर विरामी ठिक हुने अवस्था नभएको र अहिले अस्पतालमा रहेको जनशक्ति अपुग हुने अवस्था आएको अस्पतालका अध्यक्ष पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार थप हुने बिरामीको उपचारका लागि थप बजेट र जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकार र पर्वत जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरुबाट आवश्यक सहयोगको लागि आव्हान गरिएको छ ।

पर्वतमा पछिल्लो साता कोभिड-१९ का संक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेको छ । सोमवार एकैदिन ८१ जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म पर्वतमा ३ सय ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पर्वका तथ्यांक अधिकृत प्रविण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार २ सय ७६ जना होम आईशोलेशनमा रहेका छन् भने बाँकी २८ जनाको जिल्ला अस्पताल र गाउँ/नगरपालिकाका अस्थायी कोरोना अस्पतालमा उपचार भैरहेको छ ।

जिल्लामा मंगलवार रातीदेखि निषेधाज्ञा समेत जारी गरिएको छ । सिसीएमसी पर्वतको सोमवारको बैठकले जिल्लाभर निषधाज्ञा जारी गर्ने निणर्य गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook