• होमपेज
  • वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय
Breaking News

वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिडको युनिफाइड अस्पताल बनाउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पतालको नयाँ भवनमा ५ सय शय्याको कोभिड युनिफाइड अस्पताल बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । ५ सय शय्याबाट सुरु गरिने अस्पतालले पछि देशभरका अस्पतालहरूको कमाण्ड गर्ने उहाँको भनाइ छ ।

विज्ञापन

यसअघि कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)को बैठकले वीर अस्पतालको नयाँ भवनमा कोभिड विशेष अस्पताल बनाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook