• होमपेज
  • एमाले विवाद उत्कर्षमा, मिलेर जाने सम्भावना क्षीण बन्दै
Breaking News

एमाले विवाद उत्कर्षमा, मिलेर जाने सम्भावना क्षीण बन्दै

काठमाडौं । सत्तारुढ एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष आ–आफ्नो बटमलाइनमा अडान राख्दा पार्टीमा मिलेर जाने सम्भावना क्षीण बन्दै गएको छ ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने समय नजिकिँदै गर्दा तीन दिनदेखि लगातार भइरहेको व्यक्तिगत तथा सामूहिक वार्तासमेत सकरात्मक बन्न सकेको छैन । वैशाख पहिलो साता पार्टी अध्यक्ष ओली र नेता माधवबीच वान टू वान वार्ता पछि दुई शीर्ष नेताबीच पुन वार्ताको वातावरण बन्न नसके पनि प्रधानमन्त्री निवास बालुवाटारमा भने दोस्रो तहका नेताहरूबीच घनीघुत छलफल भइरहेको छ ।

विज्ञापन

हिजोमात्रै बालुवाटारमा अध्यक्ष ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल र माधव पक्षका घनश्याम भूसाल, योगेश भट्टराइ, गोकर्ण विष्टबीच छलफल भएको थियो । बैठकमा दुवै पक्षका नेताहरुले पार्टीलाई मिलाउनु पर्ने साझा धारणा बनाए पनि माधव पक्षले २०७५ साल जेठ २ गते अघिकै एमालेको विधि विधानअनुरुप ओली चल्नुपर्ने बटमलाइन अघि सारेको थियो । तर, ओली पक्षले भने फागुन २८ गतेको निर्णयलाई स्वीकारेर सहमति खोज्नुपर्ने बताएपछि बैठक निश्कर्षविहिन बनेको थियो ।

यसअघि पार्टी विवाद मिलाउन शितलनिवासमा भएको राष्ट्रपति विद्यादेवी भण्डारी र नेता नेपालबीचको वार्तासमेत विफल बनेको थियो । यता, जेठ ६ गते हुने रिक्त राष्ट्रिय सभा उपनिर्वाचनका लागि माधव पक्षले काँग्रेस र माओवादीको समर्थनमा डा. खिमलाल देवकोटालाई उम्मेद्वारी बनाएसँगै पार्टी एकता अन्तिम समयमा आएर संकटमा परेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook