• होमपेज
  • एमालेमा यी हुन् राजीनामा दिन तयार माधव–झलनाथ पक्षका सांसद (सूचीसहित)
Breaking News

एमालेमा यी हुन् राजीनामा दिन तयार माधव–झलनाथ पक्षका सांसद (सूचीसहित)

काठमाडौं । एमालेको उत्कर्ष विवाद असन्तुष्ट पक्षका सांसदहरुको राजीनामासम्म पुगेको छ । आफूहरुको समूहमाथि गरिएको कारवाही फिर्ता लिएर २०७५ जेठ २ को अगाडि पार्टीलाई नपुर्याए विश्वासको मत लिनु अघि नै सामूहिक राजीनामा दिने तयारीमा असन्तुष्ट पक्ष लागेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि दबाब बढाउन उनीहरुले हस्ताक्षरसमेत जुटाइसकेको दाबी गरेका छन् । यस अघि ४३ को हाराहारीमा सांसद रहेको माधव नेपाल पक्षमा अहिले पनि ३५ देखि ३७ सांसद रहेको दाबी गरिएको छ । यस अघि ओलीले असन्तुष्ट पक्षका ३० सांसदलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण सोधेकाबाहेक पनि नेपाल–खनाल पक्षमा ५ देखि ७ सांसद रहेका छन् ।यस अघि नेपाल पक्षमा रहेका लालबाबु पण्डित, शेरबहादुर तामाङसहितका केही सांसद ओली खेमामा लागेका छन् । तर, आज (आइतबार) दुवै पक्ष सहमति जुटाउने अन्तिम प्रयास स्वरुप छलफलमा जुटेका छन् । माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरु जुम मिटिङमा बसेका छन् । अध्यक्ष ओली निकटका नेताहरु पनि असन्तुष्ट पक्षसँग सहमति जुटाउन सकिने गरी उपायको खोजीमा लागिरहेको बुझिएको छ ।

तर, नेपाल पक्षकै भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीसहितका नेताहरु ओलीसँग अब आत्मसमर्पण गर्न नसकिने भन्दै सामूहिक राजीनामा दिएर जानुपर्ने मनस्थितिमा छन् । विश्वासको मतमा भोट हाल्नै नहुने उनीहरूको मत छ ।

विज्ञापन

ओली खेमातिर इश्वर पोखरेललसहितका नेताहरु नेपाल पक्षलाई पेलेरै जानुपर्ने पक्षमा भए पनि विष्णु पौडेल, सुवास नेम्वाङसहितका नेताहरु मिलाएर जानुपर्ने पक्षमा छन् ।

यी हुन् नेपाल–खनाल पक्षका सांसद

झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, पवित्रा निरौला, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, सोमप्रसाद पाण्डेय, झपट रावल, दीपकप्रकाश भट्ट, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेशकुमार पहाडी, नारायणप्रसाद खतिवडामेटमणि चौधरी, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, यज्ञबहादुर बोगटी, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु विमलाकुमारी विश्वकर्मा, पार्वतीकुमारी बिसुंखे, डा. पुष्पा कुमारी कर्ण कायस्थ, कालिला खान, समिना हुसेन, सरलाकुमारी यादव

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook