काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ […]