• होमपेज
  • पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु
गण्डकी प्रदेश

पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु

पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । कोरोना संक्रमितलाई स्थानीय तहले अस्थाई अस्पताल बनाएर उपचार गर्नुपर्ने कार्यविधि बनाएपछि सरकारको निर्णय कार्यान्वयन गर्दै पैयुँले ५ बेडको अस्थाई अस्पताल बनाउन थालेको हो ।
गाउँपालिकाको निर्णय अनुसार अस्पताल निर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण , जग्गा व्यवस्थापन लगायतका प्रक्रिया अगाडी बढेको गाउँपालिकाका प्रमुख प्रमुख प्रसासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि पर्वतका ७ वटै स्थानीय तहको लगानीमा कुश्मामा कोरोना अस्पताल सञ्चालन गरिएको थियो ।

जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रले सबै स्थानीय तहले आँफै अस्पताल निर्माण गर्नुपर्ने निर्णय गर्नु र सरकारले अस्थाई अस्पताल निर्माणका लागि नीतिगत निर्णय गरेपछि पैयुँमा अस्थाई अस्पताल निर्माण गर्न थालिएको पौडेलले जानकारी दिनुभयो । अस्पताल निर्माणका लागि सरकारले १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले एक जना डाक्टर र २ जना नर्सको आवश्यकता सम्बन्धि माग गरि पत्रिकामा १५ दिने सूचना प्रकाशित गरेको छ ।

विज्ञापन

अन्य आवश्यक व्यवस्थापनको काम भने पुरा भएको प्रसासकिय अधिकृत पौडेलले बताउनुभयो । पैयुँ गाउँपालिकामा कोरोना संक्रमणको अवस्था अहिले सम्म सामान्य अवस्थामै छ । भविष्यमा संक्रमण बढ्ने सक्ने अनुमान सहित विशेष सतर्कता र सजगता अपनाईएको गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीले लकडाउन खुल्ला भएपछि संक्रमण फैलिने त्रास बढेको भन्दै गाउँ गाउँमा आउनेहरुको रेकर्ड राखेर निगरानी गर्दै आएको बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook