• होमपेज
  • ८३०० नमुना परीक्षण गर्दा १४९० जनामा संक्रमण पुष्टि
Breaking News

८३०० नमुना परीक्षण गर्दा १४९० जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकाका ७२३ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६३१, ललितपुरका ६१ र भक्तपुरका ५८ जना छन् ।

विज्ञापन

यससँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । उनीहरुमध्ये २ लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १५३८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १६ हजार ५४७ सक्रिय संक्रमित छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook