• होमपेज
  • आज थपिए १ हजार ३२५ जना कोरोना संक्रमित, १० को मृत्यु
Breaking News

आज थपिए १ हजार ३२५ जना कोरोना संक्रमित, १० को मृत्यु

काठमाडौं, असाेज ४/आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।

विज्ञापन

कुल संक्रमितमध्ये निको हुनेको दर ७२ प्रतिशत हो। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ छ। आज थप मृतक १० जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४ सय ११ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ९ लाख १४ हजारको पिसिआर परीक्षण भएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook