• होमपेज
  • कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या ४ सय २७
Breaking News

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतक संख्या ४ सय २७

आज  ११ सय  ५४ जना संक्रमित थपिए

काठमाडौं, ५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप १६ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा १३ पुरुष र ३ महिला छन् ।

आज थपिएको संख्या सँगै देशमा कुल संक्रमित संख्या ४ सय २७ पुगेको छ । यो कुल संक्रमितमध्ये मृत्युको प्रतिशत ०.७ प्रतिशत हो ।

काठमाडौं उपत्यकामा आज कोरोना संक्रमणबाट मृत्यु हुने ६ जना थपिएका छन् ।

विज्ञापन

यसैबीच कोरोना भाइरसका आज  ११ सय  ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६५ हजार  २ सय  ७६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४७ हजार  २ सय  ३८ जना संक्रमणमुक्त भएका छन् । आज  १ हजार ५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook