• होमपेज
  • पाङमा रहेको पार्वती गुफाको डिपिआर बनाईँदै
कुश्मा नगरपालिका

पाङमा रहेको पार्वती गुफाको डिपिआर बनाईँदै

पर्वत / पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ र २ को सिमानामा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पार्वती गुफाको बिस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गरिने भएको छ ।

गुफालाई भौतिक पूर्वाधार सम्पन्न गराई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले डिपीआर तयार गर्न थालिएको हो । गुफाको डिपीआर बनाउने बारेमा शनिवार छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त छलफलले गुफाको डिपीआर तयार गर्ने उद्देश्यले गुफा क्षेत्रमा रहेको जग्गा प्राप्तिको लागि संवन्धित जग्गावालाहरुसंग कुराकानी गर्न र जग्गा प्राप्त गर्न जग्गा प्राप्ती व्यवस्थापन समिती गठन समेत गरेको छ ।

विज्ञापन

समितिको संयोजकमा जनकराज पौडेल, सह- संयोजकमा नारायण पौड्याल, सचिबमा प्रेमप्रसाद शर्मा रेग्मी, सदस्यहरुमा रामप्रसाद रिजाल र रामकृष्ण वैरागी तथा सल्लाहकारमा कुश्मा नगरपालिका वडा नम्बर १ का अध्यक्ष देबेन्द्र सुवेदी र वडा नम्बर २ का अध्यक्ष यदुनाथ शर्मा रहनुभएको छ ।

उक्त समितिले आइतवार जग्गावालाहरुसँग आवश्यक छलफल समेत गरेको सचिब प्रेम रेग्मीले जानकारी दिनुभयो । छलफलमा नेकपामा नेताहरु गोबिन्द पहाडी, शंकर गिरी तथा स्थानीय छबिलाल शर्मा, रबिलाल शर्मा, केदार पौड्याल, नारायण पौड्यालन नारायण आचार्य ,दुर्गा प्रसाद बास्तोला, द्रोणराज उपाध्याय लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सन्चालन पार्वती गुफा संरक्षण समितिका अध्यक्ष छबिलाल पौड्यालले गर्नुभएको थियो ।

गुफाको डिपीआर तयार गर्न तथा संरक्षण, संम्वद्र्धन तथा विकासको लागि गण्डकी प्रदेशद्वारा चालु आर्थिक वर्षमा रु २५ लाख रुपैया समेत बिनीयोजन गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook