• होमपेज
  • राप्रपाको एकीकरण सम्झौता हो : कमल थापा
राजनीति

राप्रपाको एकीकरण सम्झौता हो : कमल थापा

काठमाडौं, ५ असोज । राप्रपाका अध्यक्ष कमल थापाले राप्रपाको एकीकरण सम्झौता भएको बताउँदै एकताको जगमा हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्ने अभियान जारी रहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो लेखेका छन् । उनले समूहमा बसेपछि आफ्नो मात्र चाहनाअनुसार काम गर्न नसकिने पनि जनाएका छन् ।

थापाले लेखेका छन्,‘समुहमा बसेपछि आफ्नो मात्र चाहना अनुसार कामगर्न सकिन्न।पाइला पाइलामा सम्झौता गर्नुपर्ने हुन्छ।सक्षम नेतृत्वले सम्झौता/प्रतिकुलतालाई अवसरमा परिणतगर्दै सफलताको शिखर चुम्दछ। राप्रपाको एकिकरण सम्झौता हो।एकताको जगमा हिन्दुराष्ट्र/राजसंस्थासहितको लोकतन्त्र स्थापनागर्ने अभियान जारी रहनेछ ।”

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook