• होमपेज
  • अब कोरोनाको उपचार आँफै गर्नुपर्छ-प्रवक्ता गौतम
Breaking News

अब कोरोनाको उपचार आँफै गर्नुपर्छ-प्रवक्ता गौतम

गैर जिम्मेवार बन्दै सरकार

काठमाण्डौ । सरकारले कोरोना भाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्न जनतालाई उर्दी जारी गरेको छ । सरकार तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो निर्णय सुनाएका हुन् । कोरोनाको परिक्षण र उपचार व्यक्तिगत खर्चबाट गर्ने निर्णय सरकारी तथा गैरसरकारी अस्पतालमा आजैबाट लागू हुने उनले बताए ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।

विज्ञापन

अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने निर्णय भएको जानकारी दिए । तर विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।

यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो । उनले नवमी,दशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने तर प्रयोगशालाले चाप अनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको पनि बताए ।

त्यसैगरी सरकारले सबै निजी, सामुदायिक तथा मेडिकल कलेज तथा सरकारी अस्लेपतालले कुल शय्याको ५० प्रतिशत शय्या कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयले आइसियु लगायतका सबै प्रकारका पूर्वाधारहरु कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको र यो निर्णय सरकारी अस्पतालका हकमा पनि लागू हुने मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

यसअघि निजी सहकारी र सामुदायिकमा २० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शय्या छुट्याउनु पर्ने व्यवस्था थियो । त्यस्तै गौतमले कोभिडको रुपमा सूचीकृत अस्पतालहरुको फार्मेसीबाट रेम्डिसिभिर औषधि बिक्रि वितरण गर्ने व्यवस्था मिलाइएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook