• होमपेज
  • २३ किलो अवैध सुन बरामद एसएसपी गंगा पन्त चर्चामा
द्रुत खबर बिशेष

२३ किलो अवैध सुन बरामद एसएसपी गंगा पन्त चर्चामा

काठमाण्डौ, हरेक कमाण्डमा अब्बल बनेकी एसपी गंगा पन्त यस पटक २३ किलो अबैध सुन बरामद गरेसँगै पूनः चर्चामा आएकि छिन् । पन्तले विभिन्न जिल्लामा प्रहरी प्रमुख भएर काम गर्दा तस्करी, कालोबजारी र अपराधीलाई तह लगाएर चर्चामा आएपनि यस पटक वीरगञ्जमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाउँदै आएकी छिन् । उनले हिजो मात्रै २३ किलो अवैध सुन बरामद गर्न भूमिका खेलेसँगै चर्चा बढेर गएको हो ।

फरक शैलीको काम र नेताहरुको भनसुनमा भन्दा अपराधलाई शुन्य सहनशिलता अपनाएकै कारण उनलाई सरुवा भएको ठाउँ चितवन जान रोकिएको थियो । चितवनमा जान रोक्किएपछि पर्सा सरुवा भएकी एसपी गंगा पन्तले आफ्नो एकपछि अर्को खुबी देखाइरहेकी छिन् । उनले महिलाले पनि दरिलो गरी कमाण्ड गर्छन् भनी प्रमाणित समेत गरेकी छिन् ।

विज्ञापन

वीरगञ्ज महानगरपालिका ५ स्थित गणेश अर्पाटमेन्टबाट विशेष सूचनाको आधारमा सुन बरामद भएको हो । सुन बरामद भएपछि देशव्यापी चर्चा पाएको छ । सुनको बजार मूल्य १५ करोडभन्दा बढी पर्न आउँछ ।

पर्सा सरुवा भएपछि गंगा पन्तले कालोबजारी, तस्करी नियन्त्रणमा प्रहरीलाई महत्वपूर्ण उपलब्धि हासिल गराउन सफल भएकी छिन् । पन्तले काठमाण्डौमा प्रहरी नायव उपरिक्षक हुँदा गुण्डागर्दी, महिला हिंसा, अपराध नियन्त्रणमा विशेष भूमिका खेलेपछि पर्वतको कमाण्डमा पठाइएको थियो ।

पर्वतमा अबैध ढुंगा गिटी बालुवाको तस्करी रोक्न खेलेको भूमिका जनस्तरसम्म प्रभावकारी बनेको थियो । पन्तको कार्यशैली चित्त नबुझेपछि केही तस्करहरु र प्रहरीका उपल्लो तहका अधिकारीहरुले विभिन्न मुद्धा बनाएर कारवाहीको समेत सिफारिस गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook