• होमपेज
  • पर्वतमा पायो अनेरास्ववियूले पुर्णता, को–को परे कमिटीमा ? (नामावलीसहित)
गण्डकी प्रदेश

पर्वतमा पायो अनेरास्ववियूले पुर्णता, को–को परे कमिटीमा ? (नामावलीसहित)

पर्वत । पर्वतमा तेजप्रसाद शर्मा चापागाँईको संयोजकत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (अनेरास्ववियू)ले पुर्णता पाएको छ । योसँगै दुई ठुला विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी बिचको एकता प्रकृयाले पर्वतमा पुर्णता पाएको हो ।

एकता कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य केशव कुवर, भक्त कुवर, पदमपाणी शर्मा, अनेरास्ववियु केन्द्रिय सदस्य विजयप्रकाश सापकोटा, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य जिवनविक्र्रम उच्चै र नेता शंकर गिरीको बिशेष उपस्थिति थियो ।

विज्ञापन

४५ सदस्यीय जिल्ला कमिटी र १५ सदस्यीय सचिवालय कमिटी बनाएर एकताले पुर्णता पाएको हो । कमिटीको संयोजकमा तेजप्रसाद शर्मा चापागाईँ र सह–संयोकमा सुवास पौडेल रहेका छन् । त्यसैगरि जिल्ला सचिवालयमा लोकेन्द्र पौडेल, बिक्रम जिसी, राजु न्यौपाने, लकास सुबेदी, गणेश पौडेल, मोहनबिक्रम पौडेल, आरती शर्मा, अमृत आचार्य , दीपक पुरी, भुवन गुरुंग, प्रतिक्षा पुरी,सुदर्शन आचार्य र गणेश बिक रहेका छन् ।

हेर्नुहोस ४५ सदस्यीय कमिटीको को–को छन् ?

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook