• होमपेज
  • अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)
गण्डकी प्रदेश

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

पर्वत । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्वतले बिहिबार एक सूचना जारी गर्दै क्वारेन्टिन बस्न निर्देशन गरेको हो ।

प्रशासनले सबै वडाध्यक्ष तथा सदस्यलाई होम क्वारेन्टिन बस्न लगाउन र सोको अनुगमन गर्न निर्देशन गरेको छ । ‘हाल देशैभरी बढ्दै गएको कोभिड–१९ को संक्रमणको प्रभाव पर्वत जिल्लामा पनि पर्ने सम्भावना रहेको अवस्था छ, जिल्ला बाहिरबाट आएका व्यक्ति अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टिमा बस्ने, सोको अनुगमन सम्बन्धित वडाध्यक्ष वा सदस्यले गर्ने, गराउने’, सूचनामा भनिएको छ ।

विज्ञापन

प्रशासनले आगामी दशैं–तिहारमा भोजभतेर गर्ने र भिडभाड गर्ने कार्यक्रम नगर्न पनि निर्देशन गरेको छ । कुनै पनि खालको आमभेला तथा साधारण सभा नगर्न पनि प्रशासनको निर्देशन छ ।

प्रशासनले जारी गरेको सूचनाअनुसार निर्देशन उल्लंघन भए कानूनबमोजिम कारबाही हुनेछ । कारबाहीको लागि सुरक्षाकर्मीलाई पनि प्रशासनले निर्देश गरेको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालयले निकालेको सूचना

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook