• होमपेज
  • अब कोभिड-१९ को परीक्षण एन्टिजेनबाट पनि, संक्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो
Breaking News

अब कोभिड-१९ को परीक्षण एन्टिजेनबाट पनि, संक्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो

काठमाडौं । सरकारले अब कोरोना भाइरस (कोभिड—१९)को परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनले यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको समयानुकल परिमार्जन समेत गर्नेछ ।

विज्ञापन

रिएजेन्ट परीक्षणको रिर्पोट पोजेटिभ आएका काठमाडौं उपत्यकाको हकमा इपिडिमियोलेजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, सम्बन्धित कार्यालय र व्यक्तिलाई तथा नेगेटिभ रिर्पोट आएमा सम्बन्धित व्यक्तिलाई दिनुपर्ने उनले बताए ।

उनका अनुसार कोभिड—१९ एन्टिजेन परीक्षणका लागि एफडिए युएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनु पर्नेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गराउने पाउने छन् ।

संक्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो

देशभरि कोरोना भाइरस (कोभिड—१९)को संक्रमणबाट आज १८ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमणबाट १८ जनाको निधन भएको जानकारी दिए । योसँगै अहिलेसम्म ६६३ जना संक्रमणबाट निधन भइसकेका छन् ।

नेपालमा संक्रमणमध्ये मृत्युदर ०.६ प्रतिशत रहेको छ । यस्तै मृत्यु प्रतिदश लाख (संक्रमण) मा २२.७ जनामा रहेको छ । आज तीन हजार ५५६ जनामा संक्रमण देखिएको थियो भने एक हजार ५०३ जना डिस्चार्ज भइ घर फर्किसकेका छन् । शून्य सङ्क्रमित भएको जिल्ला मनाङ मात्र रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, भक्तपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook