पत्रपत्रिका

पौडेल समूहद्वारा देउवाको लिखित ध्यानाकार्षण, महाधिवेशन निश्पक्ष हुनेमा आशंका
पौडेल समूहद्वारा देउवाको लिखित ध्यानाकार्षण, महाधिवेशन निश्पक्ष हुनेमा आशंका

काठमाडौं, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विधानको पालना, १४औँ महाधिवेशनको सफलता र आन्तरिक लोकतन्त्रको प्रवद्र्धनबारे सभापति देउवाको ध्यानाकर्षण गराएको छ । पौडेल समूहका नेताहरुले आज सभापति देउवालाई पार्टीका निकायको समायोजन, क्रियाशील सदस्यता वितरण, विधानविपरीत विभागको गठन, भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका गतिविधिलगायत विषयमा […]

  • ४ years अगाडि
विद्यालय सञ्चालनका लागि क्वारेन्टाइन र आइशोलेशन हटाउने सरकारको निर्णय
विद्यालय सञ्चालनका लागि क्वारेन्टाइन र आइशोलेशन हटाउने सरकारको निर्णय

काठमाडौं, १५ साउन । सरकारले भदौ १ बाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी आज सरकारका प्रवक्ता मन्त्री डा. युवराज खतिवडाले दिए । विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेन कक्ष राख्न नपाइने भन्दै देशभरका विद्यालय सञ्चालनका लागि योग्य बनाउनेबारे समेत निर्णय भएको […]

  • ४ years अगाडि
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई
निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई

काठमाडौं, १५ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको दुई वर्ष पुरा भइसक्दा पनि दोषी पत्ता लागेका छैनन् । प्रहरीको अनुसन्धानमा जटिल र चर्चामा आएको यो हत्या प्रकरणमा विभिन्न शंका आशंकाहरु भइरहे । प्रहरीमाथि नै घटनाको प्रमाण नष्ट गरेको आरोप लाग्यो । जसमध्ये कञ्चनपुरका तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज बिष्ट पनि थिए । केन्द्रीय अनुसन्धान […]

  • ४ years अगाडि
वर्षाको जोखिम सतर्क रहन आग्रह
वर्षाको जोखिम सतर्क रहन आग्रह

काठमाडौँ, साउन १३ गते । नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो चार दिन वर्षाको उच्च जोखिम रहेको छ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा सोमबारदेखि तराई भूभाग नजिक आएसँगै वर्षाको उच्च जोखिम बढेको हो । देशका […]

  • ४ years अगाडि
खुमलटारमा नेताहरूको जमघटपछि नेकपा बैठक अनिश्चितकालका लागि स्थगित
खुमलटारमा नेताहरूको जमघटपछि नेकपा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पटक–पटक सारेर मंगलबार ११ बजेका लागि तय भएको बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार स्रर्य थापाले जानकारी दिएका छन् । असार १० गते सुरु भएको नेकपा स्थायी समितिको बैठक १८ गतेपछि पुन सुचारु नहुँदै अनिश्चित […]

  • ४ years अगाडि
बागलुङमा पहिरोमा बेपत्ता एकको शव फेला
बागलुङमा पहिरोमा बेपत्ता एकको शव फेला

बागलुङ- शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो । बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरोमा परी बेपत्ता भएका थिए । उनीसँगै बेपत्ता भएका अर्का एक […]

  • ४ years अगाडि
पूर्वडीआईजी कोइरालाको मुद्दा तीन न्यायाधीशको इजलासमा
पूर्वडीआईजी कोइरालाको मुद्दा तीन न्यायाधीशको इजलासमा

काठमाडौं- पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आज सुनुवाइ शुरु भएको छ । यो मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित पूर्ण इजलाशमा सुनुवाइ शुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजाय कटौती गरेपछि यो विषय […]

  • ४ years अगाडि
राज्यकोषबाट तलब सुविधा खाने शिक्षक आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने
राज्यकोषबाट तलब सुविधा खाने शिक्षक आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने

राज्यकोषबाट तलब सुविधा खाने सामुदायिक विद्यालयमा कार्यरत शिक्षक साउन दोस्रो सातासम्म आफू कार्यरत विद्यालयमा अनिवार्य पुग्नुपर्ने भएको छ । तत्काल विद्यालय खुल्ने र शिक्षक विद्यार्थीको उपस्थितिमा प्रत्यक्ष साक्षात्कार हुनेगरी पठनपाठन हुने वातावरण नरहे पनि सबै शिक्षक आफू कार्यरत विद्यालयमा हाजिर हुनैपर्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले स्थानीय […]

  • ४ years अगाडि
पृथ्वी राजमार्गमा दजनौं पहिरो, काठमाडौं आवतजावत ठप्प
पृथ्वी राजमार्गमा दजनौं पहिरो, काठमाडौं आवतजावत ठप्प

५ साउन, काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरो खस्दा राजधानी काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा अवरुद्ध भएको छ । धादिङ र चितवन जिल्लामा राजमार्गमा खसेको पहिरोका कारण गाडी गुडेका छैनन् । चितवनबाट आउने गाडी मुग्लिन नारायणगढ सडक खण्डको चार किलोमा रोकिएका छन् । पोखराबाट आउने गाडी चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनीमा रोकिएका […]

  • ४ years अगाडि
नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि
नेतृत्वको महाधिवेशन मंसिरमा, विचारको पछि

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी समितिका सदस्य पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘विधानअनुसार पार्टी सदस्यता नवीकरण गरेर जाने हो भने दुई अध्यक्षबीच भएको मंसिरमा महाधिवेशन गर्ने सहमति लागू हुन कठिन छ।’ विशेष परिस्थिति, एकता र सहमतिको महाधिवेशन हुने भएकाले संगठनको हिसाबले प्रतिनिधित्व गर्ने, आयोजक समिति र प्रतिनिधित्वको व्यवस्था गरेर मात्र महाधिवेशन गर्न सकिने उनको तर्क छ। केपी ओलीलाई […]

  • ४ years अगाडि
यूएईले मंगल ग्रहको अध्ययनका लागि पठायो ‘द होप’ यान
यूएईले मंगल ग्रहको अध्ययनका लागि पठायो ‘द होप’ यान

काठमाडौं, ५ साउन । संयुक्त अरब इमिरेट्स (यूएई) को मंगल ग्रहका लागि ऐतिहासिक अन्तरिक्ष अभियानको सुरुवात भइसकेको छ । यो अभियानका लागि उपग्रहलाई जापानबाट छोडिएको छ । होप नामक यो उपग्रहलाई तनेगाशिया अन्तरिक्ष केन्द्रबाट एच टु–ए नामक रकेटमार्फत् पठाइएको हो र अब यो ५० करोड किलोमिटरको दुरी तय गरेर मंगलग्रहको मौसम र जलवायुको अध्ययन गर्नेछ । […]

  • ४ years अगाडि
देशभर भारी बर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?
देशभर भारी बर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको खतरा ?

काठमाडौं, ५ साउन । नेपालमा मनसुनी वायुको प्रभाव देशभर नै फैलिएको छ । अहिले पनि देशका धेरै जिल्लामा मध्यदेखि भारी बर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् । बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार अहिले काठमाडौं उपत्यकालगायत देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा भइरहेको छ । मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेका कारण […]

  • ४ years अगाडि