• होमपेज
  • पिएका श्रीमतीदेखि बहिनीलाई नियुक्ति
Breaking News

पिएका श्रीमतीदेखि बहिनीलाई नियुक्ति

काठमाडौं । सत्तामा हुनेहरूले देशमा कतिसम्म लुट चलाइरहेका छन् भन्ने कुरा एक मन्त्रीका पिएको गतिविधिबाट पनि थाहा हुन्छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालका स्वकीय सचिवले बहिनीदेखि श्रीमतीसम्मलाई सरकारी नियुक्ति दिलाएका छन् ।

मन्त्री अर्यालको सचिवालयका कार्यरत उपसचिव टेकनारायण लुइँटेलले हालै आफ्नी श्रीमती पुष्पा भुसाललाई राष्ट्रिय किसान आयोगमा नियुक्त गराएका हुन् । वैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले आयोगमा अध्यक्ष र सदस्यहरू नियुक्त गरेको हो । आयोगको अध्यक्ष प्रेम दंगाल नियुक्त हुँदा सदस्यहरुमा पुष्पा लगायतलाई नियुक्त गरिएको हो । नियुक्ति भएका कतिपयलाई कृषिसम्बन्धि ज्ञान समेत छैन । चलखेलकै आधारमा किसान आयोगमा नियुक्त गरेर किसानको नाममा जनताको करमाथि लुट गर्ने मौका दिइएको छ ।

विज्ञापन

यसअघि मन्त्री अर्याल भूमिसुधार तथा सहकारीमन्त्री हुँदा उपसचिव लुँइटेल उनकै सचिवालयमा थिए । त्यतीबेला पनि उनले सहकारी मन्त्रालय अन्र्तगत मस्त कमाएका थिए । आफ्नै बहिनी टिकाकुमार लुईटेललाई राष्ट्रिय सहकारी विकास बोर्डको अधिकृत स्तरको कर्मचारीमा नियुक्त गरेका थिए । ठाडो तोक आदेशका भरमा त्यसरी नियुक्त गरिएको थियो । ५८ जनाको दरबन्दी रहेको बोर्डमा ३२ जना करारका छन् । जसमा धेरै जसो मन्त्री अर्यालका आसेपासेहरु छन् । कुनै काम नै नभएको बोर्डलाई भर्तीकेन्द्र बनाएर राज्यदोहन भइरहेको छ । आर्थिक संकलनमा उपसचिव लुँइटेल चलाख र विश्वासिलो भएकाले मन्त्री अर्यालले मन्त्रालय परिवर्तन हुँदा समेत उनलाई नै राखेको स्रोत बताउँछ । मन्त्रीको पिएले समेत यसरी देशमा हालीमुहाली गरिरहेका छन् भने अन्य उच्च पदस्थले के गरेका होलान् सहजै अनुमान लगाउन सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक भ्रष्टाचारीलाई कारबाही गर्ने बताइरहँदा यस्ता नीतिगत भ्रष्टाचारको उनले नै संरक्षण गर्दै आएका छन् ।दृष्टि न्युजबाट साभार !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook