• होमपेज
  • राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कसले मार्ला बाजि ? यस्तो छ अंकगणित
Breaking News

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कसले मार्ला बाजि ? यस्तो छ अंकगणित

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि भोली मतदान हुँदैन् । उपनिर्वाचनमा एमालेकै दुई नेता उम्मेदवारको रुपमा खडा भएका छन् ।

गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल एमालेको आधिकारिक उम्मेदवार बनेका छन् भने एमालेकै माधवकुमार नेपाल पक्षका नेता डा. खिमलाल देवकोटा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवार बनेका छन् ।

विज्ञापन

बागमती प्रदेशमा एमाले एकल बहुमतमा रहेको भएपनि दुई उम्मेदवारीसँगै मत विभाजन हुने निश्चित छ । जहाँ एमालेको आधिकारिक उम्मेदवारले जित्छन् भन्ने निश्चित छैन् । माधव पक्षको प्रभाव रहेको बागमती प्रदेशमा देखिएको प्रभावलाई मतमा तान्न सकेमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका देवकोटाले समेत जित्ने सम्भावना छ ।

अहिले एमालेले आफ्नो आधिकारिक उम्मेदवारलाई मतदान गर्न आव्हान गरेको छ भने माधव पक्षले भने स्वविवेक प्रयोग गर्न आव्हान गरेको छ । एमालेभित्र देखिएको विवादका कारण पार्टीको निर्देशनलाई अवज्ञा गर्ने सम्भावना बढि छ ।

कसको सम्भावना कति ?

चुनावमा दुवै उम्मेदवारले आफ्नो जित निश्चित भएको दाबी गरिरहेका छन् । पार्टी बहुमतमा रहेको कारण आधिकारिक उम्मेदवार बादलले आफुँले जित्ने निश्चित भएको बताईरहेका छन् भने बागमती प्रदेशमै रहेर लामो समय एमालेको राजनीति गरेको देवकोटाले आफ्नो पक्षमा स्वभाविक मत आउने बताईरहेका छन् ।

प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र जसपाले आफ्ना उम्मेदवार भएको कारण देवकोटालाई मत दिने कुरा स्वभाविक छ । माओवादी केन्द्रले यसअघि विज्ञप्ती नै सार्वजनिक गरेर देवकोटाको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

यस्तो छ अंकगणित

बागमती प्रदेश सभामा एक सय १० र एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधि (प्रमुख–उपप्रमुख) मतदाता छन् । मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । अर्थात् एक सय १० प्रदेश सांसदको ५ हजार दुई सय ८० र दुई सय ३८ स्थायीय प्रतिनिधिको ४ हजार २ सय ८४ गरी मतभार छ । यसरी हेर्दा प्रदेशमा ९ हजार ५ सय ६४ मतभार छ ।

प्रदेश सांसद पशुपति चौलागाईंको निधनपछि प्रदेशमा एमालेका ५६ सांसद र स्थानीय तहका एक सय ३३ जना गरी एक सय ८९ मतदाता छन् । जहाँ कुल मतभार पाँच हजार ८२ हुन्छ । प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी कांग्रेसका ९० जना मतदाता छन्, जसको कुल मतभार २ हजार २ सय ८० हुन्छ ।

त्यस्तै, माओवादी केन्द्रको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाताको कुल मतभार १ हजार ६ सय ९८ हुन्छ । कांग्रेस र माओवादीको मतभार ३ हजार ९ सय ७८ छ ।

प्रदेशमा एमाले र कांग्रेस–माओवादीबीच १ हजार एक सय २ मतभारको फरक छ । यस्तोमा माधवकुमार नेपाल पक्षका १३ प्रदेश सभा सांसदले फ्लोरक्रस गरे एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई जित्न कठिन हुनसक्छ । स्थानीय तहका एक सय ३३ मतदातामा पनि माधव पक्षले आफ्नो पकड राम्रो भएको बताईरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook