• होमपेज
  • राष्ट्रिय जनमोर्चाको समर्थन खिमलाल देवकोटालाई
Breaking News

राष्ट्रिय जनमोर्चाको समर्थन खिमलाल देवकोटालाई

राष्ट्रिय जनमोर्चाले भोलि हुने बागमती प्रदेश सभा उप निर्वाचनमा खिमलाल देवकोटालाई समर्थन गर्ने भएको छ।

बुधबार एक विज्ञप्ति जारी  गर्दै जनमोर्चाले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार रहेका खिमलाल देवकोटालाई नैतिक समर्थन गर्ने पार्टीको नीति रहेको बताएको छ।

विज्ञापन

देवकोटा प्रतिगमन विरोधी गठबन्धनको उमेदवारको रूपमा खडा भएको भन्दै जनमोर्चाले प्रतिगमनलाई परास्त गर्न जिताउने बताएको छ।

यस्तै जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा दीर्घनारायण पाण्डेयलाई पार्टीले समर्थन गर्ने भएको छ। उनको पक्षमा मतदान गर्न लुम्बिनीअन्तर्गतका विभिन्न पालिकामा हाम्रो पार्टीबाट विजयी प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरुलाई अनुरोधसमेत गरेको छ।

‘ओलीको प्रतिगमनलाई परास्त गर्न त्यसका विरुद्ध आउने सबै शक्तिहरुसँग सहकार्य गर्ने नीति अनुरुप नै हामीले राष्ट्रिय सभाको निर्वाचनमा ओलीको प्रतिगमन विरुद्ध रहेका दलका उमेदवारहरुलाई समर्थन गर्ने नीति अपनाएका छौ’, जनमोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनका विरूद्ध रहेका प्रतिगमन विरोधी शक्तिहरुका उमेदवारलाई अत्याधिक मतले विजय गराउन समेत हामीले सम्बन्धित सबैमा हार्दिक अपील गर्दछौँ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook