• होमपेज
  • फेरी घोटालामा मुछिए इश्वर पोख्रेल: सम्धी पछि छोरालाई भेन्टिलेटरको ठेक्का, वीर अस्पतालमा बिजोग
Breaking News

फेरी घोटालामा मुछिए इश्वर पोख्रेल: सम्धी पछि छोरालाई भेन्टिलेटरको ठेक्का, वीर अस्पतालमा बिजोग

काठमाडौं- देशमा महामारीले दिनहुँ दर्जनौ मानिसको मृत्यु भइरहेका बेला उपप्रधानमन्त्री इश्वर पोख्रेल फेरी घोटालामा मुछिएका छन् । अघिल्लो पटक स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहसँग कमिसनमा जोडिएका उनी यसपटक आफ्नै छोराको कम्पनीलाई भेन्टिलेटर खरिदमा दवाव दिएको काण्डमा मुछिएका हुन् ।

प्राप्त जानकारी अनुसार बीर अस्पतालको नयाँ ५ सय सैयाको अस्पतालका लागि आवस्यक पर्ने भेण्टिलेटर खरिद गर्ने ठेक्का दवावका आधारमा मन्त्री पोखरेलका छोरा स्वराज पोखरेल संलग्न रहेको म्याक्सिम इन्कर्पोरेशन प्रालिलाई दिईएको छ ।

विज्ञापन

अस्पताल प्रशासनले कमिसनको लोभ र दवावका आधारमा खरिद प्रक्रिया नै मिचेर करिब ५ करोड रुपैयाँको भेन्टिलेटर र मोनिटर उक्त कम्पनिलाई दिएको हो । काठमाडौं महानगरपालिकाले वीर अस्पतालका लागि १५ वटा भेन्टिलेटर र ५० वटा भेन्टिलेटरमा प्रयोग हुने मनिटर खरिदका लागि रकम उपलब्ध गराउने सम्झौता भएको थियो ।

ति भेण्टिलेटर र मोनिटर खरिदमा म्याक्सिमले बजारभाउ भन्दा चर्को मूल्यमा खरिद गर्न ठेक्का पाएको छ । स्रोतका अनुसार म्याक्सिमले एउटा भेन्टिलेटर भ्याट बाहेक १९ लाख ८३ हजार २ सय ४० रुपैयाँमा किन्ने प्रस्ताव गरेको छ । बजारमा १७ लाख रुपैयाँ पर्ने भेन्टिलेटर महँगोमा किन्ने प्रस्तावमा वीरका उच्च तहका कर्मचारीले सहयोग गरेका छन् ।

वीरमा म्याक्सिमले १ लाख २९ हजार रुपैयाँ पर्ने भेन्टिलेटर मनिटरलाई २ लाख रुपैयाँमा किन्ने प्रक्रिया थालेको स्रोतले बताएको छ । स्रोतका अनुसार शिक्षण अस्पतालमा पनि म्याक्सिमले नै भेन्टिलेटरलगायतको उपकरण खरिद गरेको छ । उपप्रधानमन्त्री तथा सिसिएमसीका अध्यक्ष रहेका ईश्वर पाखरेलकै प्रत्यक्ष निर्देशनमा उक्त कम्पनिलाई उपकरण खरिदको ठेक्का दिइएको स्रोत बताउँछ । वीरको नयाँ भवनको भेन्टिलेटर खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै विरोध जनाएपछि केही समय रोकिएको थियो ।

पोखरेलकै पुत्रको समलग्नता रहेको कम्पनिलाई दिनुपर्ने भन्दै महानगरपालिकाले नै भाँजो हालेको स्रोतको दाबी छ । वीर अस्पतालमा अक्सिजन र भेन्टिलेटर उपलब्ध भए ५ सय बेडको नयाँ अस्पताल गत हप्ता आइतबारदेखि सञ्चालनमा गर्ने भनिएको थियो ।

तर, सरकारी लाचारीका कारण हजारौँ नागरिक सडकमै मृत्युवरण गर्नुपर्दा समेत यो भवन हेरेरै बस्नुपर्ने अवस्था आएको छ । नयाँ भवनमा अक्सिजन भेन्टिलेटर र मनिटरको अभाव कारण हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । साभार : हिमाल पोष्ट

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook