• होमपेज
  • इश्वर पोखरेलका दुई मिसनः बादल हराउने, माधवको टाउकोमा दोष थोपर्ने, पार्टी एकता भाँड्ने
Breaking News

इश्वर पोखरेलका दुई मिसनः बादल हराउने, माधवको टाउकोमा दोष थोपर्ने, पार्टी एकता भाँड्ने

काठमाडौं । बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन बिहीबार हुँदैछ । राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ छन् । एमालेबाटै कलम चिह्न लिएर साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटा उभिएका छन् जसलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन छ ।

एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका देवकोटालाई विपक्षीले साझा उम्मेदवारका रुपमा स्वीकार गरी उम्मेदवार बनाएका हुन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता नेपालसहितका असन्तुष्ट पक्षसँग २ जेठ, २०७५ कै अवस्थामा  फर्किने गरी एकताका लागि तयार भएपछि एमालेभित्रको विवाद समाधान हुने दिशामा गएको छ । तर राष्ट्रियसभा उपनिर्वाचनले एमालेभित्रको विवाद पुनः सतहमा ल्याइदिएको छ ।

विज्ञापन

मंगलबार बिहान बादल बरिष्ट नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा गएर सहयोग गर्न आग्रह गरेका थिए । उनले सहयोगको आश्वासन बादललाई दिएको समाचार सार्वजनिक भयो । तर मंगलबार साँझ बरिष्ठ नेता नेपालको सचिवालयको तर्फबाट मोहन गौतमले बादललाई सहयोग गर्ने कुरा भ्रमपूर्ण रहेको विज्ञप्ति आयो । जसका कारण बादललाई एमालेकै माधव नेपाल पक्षले मत नहाल्ने देखिएको छ ।

एमालेको माधव नेपाल पक्षसँग एकता गर्ने पक्षमा पटक्कै नदेखिएका पार्टीका महासचिव तथा विनाविभागीय उपप्रधानमन्त्री इश्वर पोखरेल पनि बादललाई पराजीत गर्न भित्रभित्रै सक्रिय भएको चर्चा राजनीतिक बृत्तमा छ । बादललाई प्रधानमन्त्री ओलीले अब पुनर्गठन हुने मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नै बनाउने संकेत देखिएपछि पोखरेल पनि उनलाई हराउने पक्षमा रहेको चर्चा एकथरीले चलाएका छन् ।

इश्वर पोखरेलले बागमती प्रदेशका आफ्ना निकटहरुलाई बादललाई हराउनका लागि परिचालन गरेको एमाले पंक्तिबाटै खुल्न थालेको छ ।  पोखरेलले बादल हराएर एक तीरले दुई निशाना साँध्न खोजेका छन् । निशाना नम्बर एक, बादल हराएर आफू गृहमन्त्री बन्ने । निशाना नम्बर दुई, हारको अपजस माधव नेपाल समूहलाई दिएर एकता प्रक्रिया भंग भएको घोषणा गर्ने ।

पोखरेल माधव नेपालहरुसँग मिल्नै नहुने एकताबिरोधीका रुपमा एमालेमा चिनिन्छन् । माधव नेपालहरुलाई एमालेबाट बाहिर पारेपछि ओलीपछिको पार्टीको नेतृत्व आफ्नो हातमा आउने मृगतृष्णा पोखरेलमा छ ।  नेपाल फेसबाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook