• होमपेज
  • कोभिडको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न घरमै बस्न जलजला गाउँपालिकाको आग्रह
गण्डकी प्रदेश

कोभिडको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न घरमै बस्न जलजला गाउँपालिकाको आग्रह

पर्वत- जलजला गाउँपालिकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रण अभियानमा सहयोग गर्न अपील गरेको छ । जलजलाले आईतवार विज्ञप्ति निकालेर जारी निर्देशनहरु र मापदण्डहरु पूर्ण पालना गदै कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापनमा साथ र सहयोगका लागि सवै पक्षसँग अपेक्षा राखिएको जनाएको हो ।‘विपद्को यस घडीमा जलजला गाँपाकिा वादीको रक्षा गर्नु हाम्रो दायित्व हो । यस्तो परिस्थिती समाजका सवै पक्षबाट सहयोग र समन्वयको खाँचो छ, यो विषम परिस्थितिमा सबैसँग हातेमालो गदै जाने कुरामा हामी प्रतिवद्ध छौँ,’ विज्ञप्तिमा भनिएको छ । गाउँपालिकामा संक्रमणको दर निकै बढेको छ । गाउँपालिकाको तथ्याङक अनुसार २२८ जनामा संक्रमण पुष्टि भैसकेकोमा ५ जनाको मृत्यु भएको छ । जसमा १५६ जना सक्रिय संक्रमित छन् ।गाउँपालिकाले महामारी नियन्त्रणमा सहयोग, उद्दार, बिरामी ओसार पसार, स्वास्थ्य समाग्री साथै नगद समेत स्वइच्छाले सहयोग गर्न भनिएको छ । सहयोग गर्न चाहाने व्यक्ति, संघ संस्थाले गाउँपालिकाको निर्णय बमोजिम एकद्धार प्रणलि मार्फत गाउँपालिकामा सम्पर्क गरी सहयोग गर्नुहुन आग्रह गरेको छ ।गाउँपालिकावासीमा कुनै समस्या परेमा गाउँपालिकाद्धारा संचालित तपसिल बमोजिमको आपतकालिन सम्पर्क नम्वरहरुमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ले नागरिकहरुलाई ढुक्क भएर घर भित्र बस्न आग्रह गर्नु भएको छ । अध्यक्ष मल्लले आफु पालिकावासीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको भन्दै कोरोना संक्रमण फैलिन नदिन गाउँपालिकाले आवश्यक कार्य गरिरहेकोले ढुक्क भएर घरभित्र बस्न पालिकाबासीमा आग्रह गर्नु भयो ।‘देश यतिखेर कोरोना महामारीको दोश्रो लहरबाट आक्रान्त छ । यही महामारीको चपेटामा हाम्रो जलजला गाउँपालिका पनि प्रताडित भएको कुरा सबैमा जगजाहेरै छ । महामारीको जोखिमबाट नागरिकको जीवनरक्षाको लागि स्थानीय सरकारको तर्फबाट हामीले गरेको अथक पहल र प्रयासको वावजुद पनि दिनकादिन हामीले हाम्रा प्रियजनहरू गुमाउनुपरेको पीडा हाम्रो सामु छ । साथै सयौं दाजुभाई तथा दिदीबहिनीहरु कोभिडको चपेटामा परि जीवन रक्षाको लागि याचना गरिरहनुभएको छ । यो विशेष परिस्थितिमा पनि उच्च मनोबलका साथ महामारीको सामना गर्ने र यसको क्षति गर्ने अभियानमा जलजला गाउँपालिका सहित विभिन्न संघ संस्था, राजनीतिक दल, नागरिक समाजको तर्फबाट भएको सहयोगका लागि म हृदयदेखि नै धन्यवाद र आभार प्रकट गर्दछु,’ उहाँले भन्नुभएको छ ।अध्यक्ष मल्लले संक्रमित ब्यक्तिहरु कोभिडको संवेदनशिल स्वास्थ्य मापदण्ड पालना गर्दै साधारण बिरामी होम आइसोलेसनमा बसिदिनुहुन र जटिल बिरामीहरुले पालिकालाई खबर गरिदिन आग्रह गर्नूभयो । जलजला गाउँपालिकामा कोभिडको बिरामी बढ्न थालेकोप्रति चिन्ता व्यक्त गदै अध्यक्ष मल्लले गाउँपालिकावासी आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूलाई १०÷१२ दिन आफ्नो घरबाट बाहिर ननिस्कन आग्रह गदै स्वास्थ्य मापदण्ड पालना गरि घरमै बसिदिनुहुन अनुरोध गर्नुभयो । साथै उहाँले यो संवेदनशील घडीमा आफ्नो सो इच्छाले सहयोग गर्न देश तथा विदेशमा रहनुहुने महानुभावहरुलाई अध्यक्ष मल्लले आग्रह गर्नुभयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook