• होमपेज
  • सांसद गिरीको पहलमा पर्वत अस्पताललाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री
गण्डकी प्रदेश

सांसद गिरीको पहलमा पर्वत अस्पताललाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री

पर्वत । प्रतिनिधि सभाका सांसद तथा नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष पदम गिरीले जिल्लाका लागि स्वास्थ्य सामाग्रीहरुको जोहो गरेका छन् । सांसद गिरीले विभिन्न निकायहरुसंगको सहयोगमा जिल्लाका लागि आवश्यक अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्रीहरु संकलन गरी पर्वत अस्पताललाई हस्तान्तरण गरेका हुन् । कोरोनाको दोस्रो लहर शुरु भएसंगै देश भरका अस्पतालहरुमा विरामीको चाप बढेको छ भने स्वास्थ्य सामाग्रीहरुको अभाव देखिन थालेको छ ।

कोरोना कहरको पहिलो साता निकै ठूलो समस्या देखिएको अक्सिजन सिलिण्डरको समस्या विस्तारै कम भएको देखिए पनि विरामीको संख्या बढ्दै जाँदा सवै अस्पतालहरुमा त्यो समस्या पुनः दोहोरीन सक्नेछ । पर्वत जिल्ला अस्पतालमा मौज्दात रहेका सिलिण्डर र आइसोलेसन बेडले विरामीको चाप धान्न नसक्ने भएपछि सांसद गिरीले अक्सिजनका सिलिण्डर तथा शैया सहितका स्वास्थ्य सामाग्रीहरु पर्वत अस्पतालका लागि प्रदान गरेका छन् ।

विज्ञापन

पहिलो चरणमा जिल्ला स्तरीय अस्पताललाई सुविधा सम्पन्न बनाउने र लगतै पालिकाहरुमा रहेका अस्पतालहरुमा पनि सुविधाहरु थप्ने गरी पहल गर्ने गिरीले बताएका छन् । उनले जिल्लाको सुदुरदक्षिण क्षेत्रका अस्पतालहरुमा समेत स्वास्थ्य सामाग्रीहरुको अभाव रहेको गुनासो आइरहेका कारण उक्त क्षेत्रहरुमा पनि तत्काल आवश्यक सामाग्री उपलब्ध गराउने गरी आफूले पहल गर्ने समेत बताएका छन् ।

विरामीको उपचारका लागि जनशक्ति भएको ठाउँमा पनि अक्सिजन र आइसोलेसन शैयाको अभाव रहँदै आएको छ । पछिल्लो पल्ट देखा परेको नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसका संक्रमीत मध्ये अधिकांशलाइृ अक्सिजन समेत दिनुपर्ने अवस्था देखिएकाले आफूले यस कार्यमा तत्काल प्रयास थालेको गिरीको भनाई छ । विभिन्न निकाय, संघ संस्था तथा दाताहरुको सहयोग संकलन गरेर अस्पतालमा सामाग्रीहरु उपलब्ध गराएको उनले जानकारी दिए ।

प्रयाप्त सामाग्रीहरु उपलब्ध गराउन नसकिएको स्विकार गर्दै जति उपलब्ध हुन्छ यसैबाट काम चलाउँदै जाँदा श्रोत र साधनहरु क्रमशः थप हुने आश्वासन गिरीले दिएका छन् । अहिले जिल्लास्तरीय अस्पतालमा आइसियू र भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति ब्यवस्थापन गर्न नसकिएको उल्लेख गर्दै उनले तत्काल जनशक्ति ब्यवस्थापन गर्नसने ति मेसिनहरु सञ्चालन हुने र विरामीले उपचार पाउने बताए । जनशक्ति ब्यवस्थापनका लागि प्रदेश सरकारका प्रतिनिधिसंग निरन्तर सम्बाद भइरहे पनि जनशक्तिको प्रदेश भरी अभाव रहेका कारण त्यसको ब्यवस्थापन गर्न नसकिएको गिरीको भनाई छ ।

महामारी नियन्त्रण गर्ने विषय सवैको साझा विषय भएका कारण स्थानीय पालिका, प्रदेश सरकार र संघीय सरकारले समन्वय गरेर काम गर्दै महामारी नियन्त्रण गर्नुपर्ने उनको भनाई छ । गिरीले स्थानीय पालिकाहरुले आफ्नो स्तरमा निकै प्रशसंनीय काम गरेको उल्लेख गर्दै यस कार्यमा सवै जनप्रतिनिधि नागरिक समाज र बुद्धिजीविहरुले साथ र सहयोग गर्नुपर्ने बताए ।

सांसद गिरीले कोरानो रोगको नियन्त्रण कार्यमा सहयोग पुगोस भनेर गत बर्ष नै आफ्नो सांसद पदबाट आउने ३ महिनाको तलब समेत पर्वत अस्पताललाई आइसोलेसन निर्माणका लागि प्रदान गरेका थिए ।

सांसद गिरीले उपलब्ध गराएका सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डे, प्रहरी नायव उपरिक्षक विशव विश्वराज अधिकारी, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी र अस्पतालका निमिक्त प्रमुख डा. ढुण्डिराज पौडेलको उपस्थितमा हस्तान्तरण गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook