• होमपेज
  • प्रकोप नियन्त्रण कोषमा सहयोग गर्न कुश्मा नगरपालिकाको अपिल
कुश्मा नगरपालिका

प्रकोप नियन्त्रण कोषमा सहयोग गर्न कुश्मा नगरपालिकाको अपिल

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले कोरोना संक्रमितको उपचार, कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोगको अपिल गरेको छ । नगरपालिकाले आईतवार एक विज्ञप्ती प्रकाशित गरि कोरोना संक्रमण बढ्दै गएको र संक्रमित दिनदिनै बढ्दै जाँदा विभिन्न स्वास्थ्य सामाग्री, पिपिई मास्क, अक्सिजन लगायतका सामाग्रीको अभाव देखिएकाले त्यसको व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न अपील गरेको हो ।

नगरपालिकाले प्रकोप व्यवस्थापन कोष बनाएर सहयोग गर्न देशबिदेशमा रहेका सहयोगी महानुभाव तथा संघसंस्थालाई अनुरोध गरेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उक्त कोषमा सहयोग रकम संकलन गरी राहत नगरबासीको उपचार र पर्वत अस्पतालमा आउने जिल्लाभरीका विरामीहरुको उपचारमा रकम खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख जोशीको भनाई छ । गतवर्ष पनि नगरपालिकाले कोरोना कोष बनाएर सहयोग जुटाएको थियो । गतवर्ष विभिन्न निकायले सहयोग गरेका थिए । उक्त सहयोगले स्वास्थ्य सामाग्री व्यवस्थापन, कोभिड अस्पताल सञ्चालन, बिदेशबाट फर्किएकाहरुको परिक्षण र उपचार, औषधी तथा राहात वितरण गरिएको थियो ।

विज्ञापन

दोस्रो चरणको नयाँ भेरियण्ट सहितको कोरोनाले समस्या पार्दै गएपछि नगरपालिकाले आर्थिक सहयोगको अपेक्षा गरेको विज्ञप्तीमा जनाईएको छ । नगरको अनुरोध अनुरुप आज हार्नेस जीपलाईनका सञ्चालन तथा यूवासंघका नेता सुनिल थापा बानियाँले २५ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको छ । बानियाँले नगरप्रमुख जोशीलाई नगद हस्तान्तरण गर्दै थप सहयोगका लागि पनि पहल गर्ने आश्वसन दिनुभएको छ । बानियाँले अन्य व्याक्ति तथा संघसंस्थाले पनि नगरको अभियानमा सहयोग गर्न अनुरोध गर्नुभयो । नगरपालिकाले नेपाल वैंक पर्वतको खाता नम्बर ०६६०३०००००७००२०००००२ मा प्रकोप ब्यवस्थापन कोषको खातामा सहयोग रकम उपलब्ध गराउन आब्हान गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook