• होमपेज
  • पर्वतमा दुई सहित गण्डकीमा थप १६ जनाको मृत्यु, एकैदिन ९५९ जनालाई संक्रमण
गण्डकी प्रदेश

पर्वतमा दुई सहित गण्डकीमा थप १६ जनाको मृत्यु, एकैदिन ९५९ जनालाई संक्रमण

पर्वत/गण्डकी प्रदेशमा पर्वत जिल्लाका एक जना सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पर्वतमा १ जना बागलुङका ४, मुस्ताङ, तनहुँ, कास्की र नवलपुरका २/२, स्याङ्जा र गुल्मीका १/१ जनाको मृत्यु मंगलबार पुष्टि गरेको हो । तर पर्वतको मोदी गाउँपालिका २ मा होमआइसोलसनमा रहेकी महिलाको मृत्युको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेसंगै पर्वतमा मृतकको संख्या थपिएको छ ।

योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २३ पुगेको छ ।
पर्वतको जलजला गाउँपालिका ४ का २८ बर्षिय पुरुषको जनप्रिय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं २ मा होमआइसोलेसनमा रहेकी ७८ बर्षिया महिलाको मंगलबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ यो सहित पर्वतमा मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
मंगलबार ९ सय ५९ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

विज्ञापन

कोरोना पुष्टि हुनेमा कास्कीका ४१७, बागलुङका १२३, तनहुँका ११२, स्याङ्जाका ८६, नवलपुरका ७६, पर्वतका ७४, गोरखाका ३५, म्याग्दीका २७, लमजुङका २८ र मुस्ताङका १ जना छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ठ्याक्कै ३० हजार पुगेको छ ।

निर्देशनालयका अनुसार मंगलबार ४ सय २९ जना निको भएका छन् । कुल संक्रमितमध्ये २० हजार ३९८ जना निको भएको निर्देशक डा। शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook