पर्वत/गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारीले अधिकारीले शिक्षा क्षेत्र देशको मेरुदण्ड भएकाले राज्यले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । पर्वतको कुस्मा नगरपालिका ११ सिल्मीमा रहेको रानीस्वाँरा आधारभूत विद्यालयको भवन उद्घाटन समारोहमा बोल्दै अधिकारीले सो धारणा राख्नुभएको हो ।
उहाँले सामाजिक सुरक्षा अन्तर्गत शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता नगरेसम्म भौतिक विकासले मात्र समाज परिवर्तन नहुने बताउनुभयो । अधिकारीले गुणस्तरिय शिक्षा, सर्वसुलभ स्वास्थ्य र सबैले रोजगारी पाउने व्यवस्था नभएसम्म जनताको आधारभूत समस्या हल हुन नसक्ने धारणा राख्नुभयो । ‘सबै बालबालिकाले गुणस्तरिय शिक्षा निशुल्क र सर्वसुलभ रुपमा पाउनुपर्छ’ उहाँले भन्नुभयो ।
विज्ञापन
अधिकारीले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता सर्वसुलभ हुन जरुरी रहेकाले त्यही अनुरुपका कानून निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शिक्षा क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा नराखेसम्म समाजवादको लक्ष्यमा पुग्न नसकिने धारणा राख्नुभयो । उहाँले शिक्षामा लगानी बढाउन र जीवनउपयोगी शिक्षा दिने गरि ऐन ल्याउन समेत सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता रामशर्मा पौडेल, जिल्ला कार्यान्वयन इकाई (शिक्षा) पूनर्निमाण कार्यालय पर्वतका प्रमुख युक्त प्रसाद शर्मा, कुस्मा नगरपालिका ११ का वडा अध्यक्ष शिब प्रसाद पौडेल, नेकपा एमाले पर्वतका सदस्य खुम प्रसाद सुबेदी, नेकपा माओवादी केन्द्रका डिल्लीराम सुबेदी, समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य सुनिल पौडेल, नेविसंघ पर्वतका सचिब दया सुबेदी, नेकपाका नेता टिकाराम नेपाली लगायतले मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पंकज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रधानाध्यापक सुरेन्द्र पौडेल र संचालन शिक्षक झलक सुबेदीले गर्नुभएको थियो ।
फेसबुक प्रतिक्रियाहरु