• होमपेज
  • राष्ट्रपती साँक्षी राखेर दिएको प्रधानमन्त्री ओलीको सन्देशले राजनीतिक वृत्तमा तरंग…..
Breaking News

राष्ट्रपती साँक्षी राखेर दिएको प्रधानमन्त्री ओलीको सन्देशले राजनीतिक वृत्तमा तरंग…..

सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।

मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा बोल्दै ओलीले चुनावमा जाने काम प्रतिगमन नभएको जिकिर गरे ।

विज्ञापन

‘संसद र सरकार नचल्ने स्थितिमा संसारभर प्रतिनिधि सभा विघटन हुन्छन्,’ ओलीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने, ‘नेपालमै पनि फेरि विघटन हुन सक्छ । संविधानको धारा ८५ र धारा ७६ को उपधारा ७ ले त्यसको परिकल्पना गरेको छ ।’

ओलीले बैठकमा नयाँ निर्वाचनमा जाने कुरा कसरी प्रतिगमन हुन्छ ? भनी प्रश्नसमेत गरे । ‘अब एक वर्षपछि स्थानीय निकायको चुनाव हुन्छ, त्यसलाई प्रतिगमन भनिदिने ?’ ओलीले बैठकमा भने, ‘त्यसपछि अन्य चुनाव हुन्छ । त्यसैले चुनावलाई प्रतिगमन भनिदिनु भएन साथीहरूले ।’

ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गर्ने सिफारिस गरेका थिए । त्यसलाई राष्ट्रपतिले अनुमोदन गरिदिएकी थिइन् । ओलीको निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ गते उल्ट्याएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook