• होमपेज
  • पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक
खेलकुद

पत्रकार गिरीले दिए खेलाडीलाई खेल पोशाक

पर्वत, बर्राचौर । पर्वत जिल्लाको बर्राचौरमा जन्म भई हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका समाजसेवी तथा पत्रकार बैकुण्ठ गिरीले बर्राचौर युवा क्लबलाई भलिबल खेलको पोशाक (जर्सी) सहयोग गरेका छन्।

स्थानीय युवाहरुलाई खेलकुदप्रति प्रोत्साहित गर्ने उद्देश्यले गरिएको यो सहयोग कार्यक्रमले युवा खेलाडीमा उत्साह थपेको छ। गिरी हाल सुचनाकेन्द्र डटकमका प्रबन्धकसमेत हुन्।

विज्ञापन

उनले भने, “खेलकुदमा लागेर देशको नाम विश्वसामु चिनाउने हुटहुटी बोकेका युवाहरूको लागि सानो प्रयासमार्फत हौसला प्रदान गर्न पाउँदा खुशी लागेको छ।” साथै, उनले राज्यले खेलाडीको मेहनतको उचित मूल्याङ्कन नगरेका कारण युवा खेलाडीहरू बिदेश पलायन भइरहेकोमा चिन्ता व्यक्त गरे।

यसअघि पनि गिरीले शुभकामना युवा क्लबलाई आयोजित भलिबल प्रतियोगिताको प्रथम पुरस्कारस्वरूप ४५ हजार रुपैयाँ सहयोग गरेका थिए।

जर्सी वितरण कार्यक्रम सञ्चारिका समूहकी अध्यक्ष, पत्रकार महासंघ पर्वतकी उपाध्यक्ष तथा सुचनाकेन्द्र डटकमकी सम्पादक रञ्जना खत्रीको हातबाट सम्पन्न भएको थियो।
पत्रकार गिरी सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् र युवालाई सकारात्मक दिशातर्फ डोऱ्याउन निरन्तर लागिपरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार